-
लमजुङ । छिमेकी जिल्ला तनहुँ र कास्कीसँग सिमाना जोडिएका मध्यनेपाल नगरपालिका– १० हाँडीखोलाका ४७ वर्षीय कालु दुरा बिहानदेखि झमक्क साँझ पर्दासम्म घर वरिपरि नै लुटुपुटु गरिरहनुहुन्छ । गाउँ छाडेर टाढा जाने फुर्सद त उहाँलाई हुँदैन नै केही दिनसम्म त गाउँघरमा घुम्नसमेत फुर्सद हुँदैन । असिना पसिना हुनेगरी काम गरेको देखिँदैन तर उहाँको आम्दानी भने वर्षेनी लाखौँ रुपैयाँ हुन्छ । उहाँको रहर लाग्दो आम्दानीको बाटो भने मौरीपालन, मह र घार (गोला) बिक्री व्यवसाय नै हो ।
हाँडीखोलास्थित आफ्नै घरमा उहाँले विगत पाँच वर्षदेखि मौरीपालन गर्दै आउनुभएको छ । मौरीपालनमा रम्दैजम्दै आउनुभएका उहाँले विशेष गरी मौरीको गोला (घार) र मह बिक्रीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । वर्षेनी सयौँ घार र महको बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी भइरहेको उहाँले बताउनुभयो । दुराका अनुसार गत वर्ष मात्रै ९० घार बिक्री भएका थिए । प्रतिघार रु आठ हजार ५०० का दरले बिक्रीबाट मात्रै रु सात लाख ६५ हजार आम्दानी भएको उहाँको भनाइ छ ।
त्यस्तै करिब १०० लिटर मह बिक्रीबाट प्रतिलिटर रु एक हजार १०० का दरले रु एक लाख बढी आम्दानी भएको दुराकी श्रीमती धनमायाले बताउनुभयो । यस वर्ष १०० भन्दा बढी घार बिक्री गर्ने लक्ष्यका साथ काम गरिरहेको दुराको भनाइ छ । बिहानैदेखि मौरीको हेरचाह, स्याहार, चरनको व्यवस्था, पुराना घारबाट मौरी छुुट्याएर नयाँ मौरीघार बनाउने काममा दुरा परिवार खट्दै आएको छ ।
उहाँको यतिबेला ५४ घार मौरी छन् । तिनै घारबाट मौरी छुट्याएर नयाँ घारमा राख्दै बिक्री गरिने दुराको भनाइ छ । जिल्लाभित्र र बाहिरका धेरै ठाउँबाट मौरीघार र महको माग आउने भएकाले बजारको कुनै समस्या नभएको उहाँको भनाइ छ । यो व्यवसाय शुरु गरेदेखि हालसम्मको अवधिमा दुरालाई रु १४÷१५ लाख आम्दानी भइसकेको छ । घरपरिवारको पुरानो ऋण तिर्नाका साथै छोरालाई विदेश पठाउने लगायत काममा उक्त आम्दानीले ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो ।
दुराका अनुसार उहाँको व्यवसायलाई नगरपालिकाबाट गत वर्ष रु एक लाख अनुदान पाइएको थियो । जुन ठाउँमा जे व्यवसायको सम्भावना हुन्छ सोही व्यवसाय गर्नसके सफलता मिल्छ भन्ने सिकाइ दुराबाट भएको सोही वडाका वडाध्यक्ष रामचन्द्र भण्डारीको भनाइ छ ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०७६
सम्बन्धित शीर्षकहरु
पेट्रोलमा र डिजेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१