

-
सल्यान । बेमौसमी तरकारी खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको कपुरकोट गाउँपालिकामा परेको असिनाले तरकारी तथा खाद्यबालीलाई पूर्णरूपमा क्षति पुर्याएको छ । गाउँपालिकाका सबै क्षेत्रमा असिना परेर बेमौसमी तरकारी नष्ट पारेको कपुरकोट गाउँपालिका–१ बाँजबोटका बमबहादुर कुँवरले जानकारी दिनुभयो । “असिनाले १४ रोपनीमा लगाएको बेमौसमी तरकारी पूर्णरूपमा क्षति भएको छ, असिनाले वर्षभरिको आम्दानीको बाटो बन्द भएको छ ।” उहाँले भन्नुभयो । कुँवरका अनुसार बाँजबोटमा रहेका २० घरपरिवारको करिब २०० रोपनीमा लगाएको तरकारी बाली नष्ट भएको छ ।
खुर्सानी, टमाटर, भेडेखुर्सानी, लसुन, काँक्रा, तितेकरेलालगायतका तरकारीमा पूर्णरुपमा क्षति पुर्याएको कृषक ओजबहादुर खड्काले जानकारी दिनुभयो । “मैले १३ रोपनीमा तरकारी खेती गरेको थिएँ, अहिले असिनाले पूरै सखाप पारेको छ, बारीबाट एक केजी तरकारी आउने अवस्था छैन, परिवारको गर्जो कसरी टार्ने आम्दानीको बाटो बन्द भयो”, उहाँले भन्नुभयो ।
कपुरकोट–३ पाखापानीका किसान भीमबहादुर बुढाले आफ्नो रु एक लाख ५० हजार बढीको तरकारी खेतीमा क्षति पुगेको जानकारी दिनुभयो । “हाम्रो मुख्य पेशा भनेको यही तरकारी खेती थियो, छ रोपनीमा लगाएको काउली, टमाटर र केराउबाली सबै खत्तम भयो”, उहाँ भन्नुभयो । कपुरकोट–५ का किसान पूर्भान पुनको फलफूल खेतीमा पनि क्षति पुगेको छ । असिनापानीले तरकारीको नर्सरी, प्लास्टिक घरको प्लास्टिकमा समेत क्षति पुर्याएपछि कृषक चिन्तित बनेका छन् ।
गाउँपालिकाका रिम, सिनवाङ, लेकसल्लामा, सारपानी गर्पा, धनबाङ, मूलपानीलगायतका क्षेत्रमा क्षति पु¥याएको कपुरकोट गाउँपालिाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिनुभयो । “तरकारीको बेर्ना बारीमा भर्खर सार्ने बेला भएको थियो, ठूलो असिना परेर सबै बालीनालीमा ठूलो क्षति पु¥याएको छ, यसबारेमा कसरी अगाडि बढ्ने भन्ने छलफल गरेर अगाडि बढ्छाँै”, उहाँले सेनले भन्नुभयो । करिब रु १० करोडभन्दा बढीको क्षति भएको अनुमान छ, अब सबै तथ्याङ्क सङ्कलन गरेपछि यथार्थ विवरण आउँछ अनि गाउँपालिाकाले रणनीति तयार गर्ने छ”, अध्यक्ष सेनले भन्नुभयो ।
बेमौसमी तरकारीका लागि प्रसिद्ध कपुरकोट क्षेत्रमा क्षति पुर्याएपछि उत्पादन घट्ने निश्चित भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै कपुरकोट क्षेत्रबाट करिब रु ३४ करोड बराबरको बेमौसमी तरकारी निर्यात भएको थियो ।
News Desk 0 response मङ्लबार, चैत्र ४, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



