

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुगेको छ । यस्तै सेन्सटिभ परिसूचक ०.५० ले वृद्धि भई २८३.१२ मा पुगेको छ । कूल १६० कम्पनीको ४१ लाख ९१ हजार ४१५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ मूल्यमा खरीद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । होटल ८.०५, उत्पादन ५२ र सामूहिक लगानी कोष ०.११ ले घटेको छ । यस्त बैंकिङ १.१, व्यापार २.४८, विकास बैंक ८.२५, जलविद्युत् १.१२, वित्त ३.६९, निर्जीवन बीमा ५३.८४, अन्य ३.६३, लघुवित्त २३.२२ र जीवन बीमा ४८.७८ ले वृद्धि भएको छ ।
कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड ४० लाख ८९ हजार २५३ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै एनआइसि एशिया बैंक रु १२ करोड ८१ लाख ६४ हजार ९६५, एनएमबी बैंक रु नौ करोड ६६ लाख ९१ हजार ७८२, हिमालयन डिस्टिलरी रु चार करोड १७ लाख ३९ हजार ६४६, नबिल बैंक रु चार करोड १३ लाख ७९ हजार २३६, नागरिक लगानी कोष रु तीन करोड ७५ लाख ९१ हजार २९५ र नेको इन्स्योरेन्स रु तीन करोड ४९ लाख १४ हजार ७६३ मा कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज सिभिल लघुवित्त ९.८८, जनउत्थान सामुदायिक लघुवित्त ८.१७, मितेरी डेभलपमेन्ट ७.२१, रिडी हाइड्रोपावर ६.४१, गुराँस लघुवित्त ५.९८, मन्जुश्री फाइनान्सका शेयरधनीले ५.६० प्रतिशतले कमाए । यस्तै, यूनिलिभर नेपाल ५ं८७, नेपाल सेवा लघुवित्त ५.३५, माउण्टेन हाइड्रो ३.५७, राधी विद्युत् कम्पनी ३.५०, महिला सहयात्रा माइक्रोफाइनान्स ३.०९ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले ३.०८ प्रतिशतले गुमाए ।
News Desk 0 response सोमवार, चैत्र ३, २०७६


सम्बन्धित शीर्षकहरु
-
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१