

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुगेको छ । यस्तै सेन्सटिभ परिसूचक ०.५० ले वृद्धि भई २८३.१२ मा पुगेको छ । कूल १६० कम्पनीको ४१ लाख ९१ हजार ४१५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ मूल्यमा खरीद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । होटल ८.०५, उत्पादन ५२ र सामूहिक लगानी कोष ०.११ ले घटेको छ । यस्त बैंकिङ १.१, व्यापार २.४८, विकास बैंक ८.२५, जलविद्युत् १.१२, वित्त ३.६९, निर्जीवन बीमा ५३.८४, अन्य ३.६३, लघुवित्त २३.२२ र जीवन बीमा ४८.७८ ले वृद्धि भएको छ ।
कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड ४० लाख ८९ हजार २५३ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै एनआइसि एशिया बैंक रु १२ करोड ८१ लाख ६४ हजार ९६५, एनएमबी बैंक रु नौ करोड ६६ लाख ९१ हजार ७८२, हिमालयन डिस्टिलरी रु चार करोड १७ लाख ३९ हजार ६४६, नबिल बैंक रु चार करोड १३ लाख ७९ हजार २३६, नागरिक लगानी कोष रु तीन करोड ७५ लाख ९१ हजार २९५ र नेको इन्स्योरेन्स रु तीन करोड ४९ लाख १४ हजार ७६३ मा कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज सिभिल लघुवित्त ९.८८, जनउत्थान सामुदायिक लघुवित्त ८.१७, मितेरी डेभलपमेन्ट ७.२१, रिडी हाइड्रोपावर ६.४१, गुराँस लघुवित्त ५.९८, मन्जुश्री फाइनान्सका शेयरधनीले ५.६० प्रतिशतले कमाए । यस्तै, यूनिलिभर नेपाल ५ं८७, नेपाल सेवा लघुवित्त ५.३५, माउण्टेन हाइड्रो ३.५७, राधी विद्युत् कम्पनी ३.५०, महिला सहयात्रा माइक्रोफाइनान्स ३.०९ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले ३.०८ प्रतिशतले गुमाए ।
News Desk 0 response सोमवार, चैत्र ३, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



