

-
चितवन । कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग मागेका छन् । व्याज छुट र किस्ताको भाका बढाइदिन उनीहरुले आग्रह गरेका हुन् ।
क्षेत्रीय होटल सङ्घले बैठक बसी सरकारसँग व्याज छुट र किस्ताको भाका बढाइदिन माग गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष दीपक भट्टराईकाअनुसार कम्तीमा ६ महिनाको व्याज मिनाहा गरीदिन र किस्ताको भाका पछाडि सारिदिन सरकारसँग माग गर्ने निर्णय गरिएको छ । नेपाल होटल एसोसिएशनले यही चैत ५ गते बैठक बोलाएको भन्दै भट्टराईले सोपश्चात सरकारसँग माग अघि बढाइने जानकारी दिनुभयो ।
पर्यटकको मुख्य मौसममा कोरोना भाइरसको प्रभावले सौराहाका होटलहरु सुनसान जस्तै भएका छन् । अहिले भएका विदेशी पर्यटकसमेत आफ्नो देशले फिर्ता बोलाएपछि फर्कन थालेका छन् । नयाँ सबैको बुकिङ् रद्द भएको छ । उहाँका अनुसार अहिले दैनिक २०० को हाराहारीमा मात्र पर्यटक रहेका छन् । गतवर्ष यतिबेला झण्डै पाँच हजार पर्यटक हुने गरेका थिए ।
अहिलेको कमाइले कर्मचारीको दैनिक खानपानसमेत धान्न नसकेपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिन थालेका छन् । सौराहामा ११५ वटा होटल सञ्चालनमा रहेका छन् । भट्टराईको भनाइमा एउटा होटलको रु एक करोड देखि रु ३० करोडसम्म बैंकिङ ऋण रहेको छ । एकिन तथ्याङ्क नभए पनि सौराहाका होटल बनाउन रु आठ अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैंकको ऋण रहेको छ ।
सौराहामा द्वन्द्वकालसँगै भूकम्प र नाकाबन्दीको समयमा व्यापारमा निकै गिरावट आएको थियो । अहिले त्योभन्दा बढी प्रभाव देखिने अवस्था आएको व्यवसायीहरु बताउँछन् । त्यतिबेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपालीसमेत बाहिर निस्कन डराएको देखिन्छ । सरकारले सभा, सम्मेलन जस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ ।
कोरोनाको प्रभाव होटलमा देखिएपछि यसले अन्य क्षेत्रमा नराम्रो असर पु¥याएको छ । पर्यटकबाट आश्रित साना होटल, रेष्टूरेन्ट, पसल, डुङ्गा, हात्ती, जीप, पर्यटक बसजस्ता पर्यटन व्यवसाय प्रभावित भएका छन् । जसबाट सरकारको राजश्वमा पनि प्रभाव देखिने भएको छ । यससँगै कुखुराको मासु र अण्डाको खपत घटेपछि मूल्यमा गिरावट आउन थालेको छ । व्यापार घटे पनि रोग नभित्रिएमा आउँदा दिनमा ऋण तिर्न सकिने भन्दै अहिलेका लागि टिक्न सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष भट्टराई बताउनु हुन्छ । रासस
News Desk 0 response सोमवार, चैत्र ३, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



