

-
काठमाडौँ । साताको पहिलो दिन आज धितोपत्र बजार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । शेयर कारोबारमा सहजता ल्याउन भन्दै धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले कारोबार समय थप गरेर ४ः०० बजेसम्म पुर्याएको भएपनि बजारमा उत्साह देखिन सकेन ।
स्टकका अनुसार आज नेप्से परिसूचक ६४.१४ अङ्कले घटेर एक हजार ३१३.०४ मा पुगेको छ । यस्तै नेप्से परिसूचक पनि १२.८८ अङ्कले घटेर २८२.६२ मा पुगेको छ । आज कुल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर रु दुई अर्ब १० करोड १४ लाख १७ हजार २९२ मा खरिदबिक्री भए ।
कारोबार भएका कुल १२ उपसमूहको शेयर ओरालो लागेको छ । बैङ्किङ ५७ अङ्कले घट्दा व्यापार ४३.७९, होटल ५२.४८, विकास बैंक ६२.८७, जलविद्युत् ३२.८७, वित्त २२.२, निर्जीवन बीमा ४१६.७३, उत्पादन ८०.२३, अन्य १८.२३, लघुवित्त ९३.४३, जीवन बीमा उपसमूहको शेयर ६२१.८८ र सामूहिक लगानी कोषको इकाइ ०.३१ अङ्कले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १७ करोड ३६ लाख ९० हजार ४४९ मा खरिदबिक्री भयो । यस्तै एनआइसी एसिया बैंकको रु ११ करोड ४६ लाख ९६ हजार २६६, एनएमबी बैंकको रु १० करोड ५६ लाख ६१ हजार ७९९, शिवम् सिमेन्ट्सको रु सात करोड ५७ लाख ३७ हजार ३११, नेपाल बैंकको रु छ करोड ८७ लाख ८० हजार ९३९, हिमालयन डिष्टिलरीको रु पाँच करोड ४९ लाख ५७ हजार ८५१ र नविल बैंकको शेयर रु पाँच करोड ३५ लाख ९० हजार १९७ मा खरिदबिक्री भयो ।
आज युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ०.९७ प्रतिशतले कमाए । यसैगरी सिन्धु विकास बैंक ०.७७ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ०.४७ प्रतिशतले कमाए । यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्सको नकारात्मक सर्किट लागेको छ । ती दुई कम्पनीका लगानीकर्ताले समान १०÷१० प्रतिशतले गुमाएका छन् । यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९८, नेरुडे लघुवित्त विकास बैंक र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले समान ९.९१ प्रतिशतले गुमाए । रासस
News Desk 0 response आइतवार, चैत्र २, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



