

-
डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित आदर्श गाउँपालिका–१ कुसिनाका किसानका लागि पछिल्लो समय मह प्रमुख आयस्रोत बन्दै आएको छ । धेरै मेहेनत पनि गर्नु नपर्ने र थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि किसान माहुरीपालन व्यवसायमा आकर्षित हुँदै आएका हुन् ।
सो गाउँमा अधिकांशको घरमा अहिले मह पाउने स्थानीयवासी तेज डुम्रेलले जानकारी दिनुभयो । स्थानीय ५३ वर्षीय जङ्गबहादुर थापा वर्षौदेखि मह बेचेरै मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो “ मह बेचेर जीवन चलेको छ । खुशी छु । ” उहाँको जङ्गलको बीचमा दुइतले घर छ । घरको तल रातोमाटो र माथि कमेरो माटोले चिटिक्क पोतिएको छ । उहाँले घरको चारैतिर माहुरीका घार सजाएर राख्नुभएको छ । माहुरी घर वरिवरि घुमिरहेका हुन्छन् ।
जिल्लाको सबैभन्दा दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको सो कुसिना पछिल्लो समय माहुरीपालनमा चर्चित रहेको छ । थापाको घरमा मात्रै कम्तीमा पनि १५ देखि २० घार माहुरी छन् । माहुरी चर्न जाने र फर्कने गर्दा नयाँ मान्छेलाई त माहुरीले टोक्छन् कि भनेर उहाँको घरआँगनमा बस्नसमेत कतिपयलाई डर लाग्छ । सानै छँदाखेरि पनि घरमा आठ/दश घार माहुरी भइराख्ने गरेको उहाँले जानकारी दिँदै भन्नुभयो, “उडेर जाने जात हो, कहिले बढ्ने र कहिले घट्ने त भइहाल्छ तर हाम्रो घरमा माहुरीले कहिले छाडेन ।”
किसान थापाले वार्षिक २०/२२ किलो मह निकाल्दै आउनुभएको छ । यहाँ उत्पादन मह बजारमा रु ७०० प्रतिकिलोमा बिक्री हुने गर्दछ । बिक्रीका लागि खासै बजार धाउनुपर्ने समस्या नहुने तथा ग्राहक घरैमा आउने गरेको किसान बताउँछन् । महबाट एक परिवारको मात्रै वार्षिक रु एक लाखभन्दा बढी आम्दानी लिने गरेको जनाइएको छ । कात्तिक मङ्सिरमा च्यूरी फुल्ने भएका कारण माहुरीका लागि चारो बढी पाइने हुँदा मह पनि बढी उत्पादन हुने अर्का माहुरीपालक किसान दीर्घ थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पैसा कमाउन परदेश जानुपर्छ भन्ने छैन, अतिकति मेहेनत गरे घरैमा आम्दानी हुन्छ, किन पैसाका लागि विदेश धाउनु ।” गाउँमा मह निकाल्ने आधुनिक मेसिन तथा औजार नभएका कारण मह निकाल्दा माहुरीले टोक्ने डर हुने गरेकोे लालमनि देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “टोक्ने त माहुरीको जातै हो, मह निकाल्ने आधुनिक औजार नहुँदा मह निकाल्ने समयमा विषेश ख्याल गर्नुपर्छ ।” खेतीपाती गर्नलाई खासै जमिन नभएका उक्त वडाका स्थानीयवासीका लागि माहुरी प्रमुख आयस्रोतको माध्यम बनेको छ । रासस
News Desk 0 response आइतवार, चैत्र २, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



