

-
बनियानी । झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७० कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, सहारा नेपाल साकोसका कार्यक्रम संयोजक किसन गौतमलगायतले संयुक्तरूपमा च्यापकटर कृषकलाई हस्तान्तरण गर्नुभएको थियो । नगरप्रमुख शिवाकोटीले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यन्त्र प्रदान गरेको बताउनुभयो । “कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले प्रदान गरेको मेसिनको सदुपयोग गर्नुहोस्, कृषकको जीवनस्तर उकासिनु भनेको राष्ट्रकै विकास हुनु हो ।”
कार्यक्रममा कृषक नन्दु उप्रेतीले यन्त्र प्रदान गरेकामा धन्यवाद दिँदै सही कृषकको पहिचान गरेर नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उपप्रमुख प्रसाईंले नगरमा कृषि क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । साझेदारी अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई नगरपालिकाले ४५ र सहारा नेपाल साकोसले २५ च्यापकटर दिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिनुभयो । रु छ लाख ४० हजारको लागतमा उक्त यन्त्र खरिद गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा पशु सेवाअन्तर्गत रु एक करोड १६ लाख बजेट विनियोजन गरेको प्रमुख दाहालले जानकारी दिनुभयो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन ३०, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



