

-
लम्की । कैलालीको टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण भएको छ । च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले अबको केही दिनमा च्याम्बरमा केरा पकाउन शुरु गरिने जनाएको छ । रु तीन करोड, ५६ लाख, ३६ हजार, २३६ लागतमा च्याम्बर निर्माण भएको हो । च्याम्बर निर्माणका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरको रु एक करोड, ९० लाख, आठ हजार ५९१ अनुदान सहयोग रहेको छ भने निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिको रु एक करोड, ६६ लाख, २७ हजार, ६४५ लागतमा निर्माण भएको हो ।
च्याम्बर निर्माणका लागि च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले २०७६ साल वैशाख १९ गते रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरसँग सम्झौता गरी निर्माणको काम थालनी गरेको थियो । कैलाली केरा खेतीको उर्बर भूमिका रुपमा चिनिन्छ । यहाँ उत्पादन भएको केरा देशैभरि जाने गरेको छ । टीकापुर–२ बन्दीपुरमा निर्माण भएको च्याम्बरको क्षमता १५० मेट्रिक टन रहेको छ । मल्टीप्रपोजका रुपमा प्रयोग गर्न सकिने गरी च्याम्बर निर्माण गरिएको छ । च्याम्बरको भवनमा ३०÷३० मेट्रिक टन क्षमताका पाँच वटा खण्ड रहेका च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिका सदस्य शिलाकान्त झाले जानकारी दिनुभयो । “च्याम्बरमा केरा, आँप र पविता एउटै मापदण्डमा समयअनुसार पकाउन सकिन्छ ।” झा भन्नुहुन्छ, “तापक्रम तलमाथि गरेर त्यसलाई शीतगृहका रुपमा पनि प्रयोग गर्न सकिने छ ।”
आफ्नै गाउँघरमा केरा पकाउने च्याम्बर बन्दा खुशी लागेको केरा व्यवसायी नेपबहादुर चौधरीले बताउनुभयो । “अब हामीलाई केरा पकाउन सजिलो हुने भएको छ ।” व्यवसायी चौधरी भन्नुहुन्छ, “विभिन्न विषादीको प्रयोगमा केरा पकाउँदा स्वास्थ्यलाई असर गर्छ, च्याम्बरमा पकाउँदा मानव स्वास्थ्यका लागि लाभदायक हुन्छ ।”
अर्का केरा व्यवसायी वीरेन्द्र ढुङ्गानाले पनि अहिले बाहिर केरा पठाउँदा समयमै पैसा नआउनाले आफूलाई समस्या भइरहेको बताउनुभयो । “यसरी केरा पकाउने च्याम्बर टीकापुरमै बन्दा सजिलो हुने भएको छ”, ढुङ्गानाले भन्नुभयो, “अब किसानको समय पनि बचत हुन्छ । ढुवानी खर्च पनि बचत हुन्छ ।”
केरा व्यापारी यशोदा तिमिल्सिनाले टीकापुरमै उत्पादित केरोले टीकापुरमै पकाएर बेच्न पाउने वातावरण बनेको बताउनुभयो । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरका कार्यालय प्रमुख भरत कँडेलले बाहिर पकाएको केराभन्दा च्याम्बरमा पकाएको केरा मानव स्वास्थ्यका लागि राम्रो हुने बताउनुभयो । “च्याम्बरमा पकाएको केरा उपभोक्ताका लागि पनि फाइदाजनक हुन्छ”, कँडेलले भन्नुभयो, “सिँचाइ आयोजनाले किसानलाई लाभ हुने खालका संरचना निर्माणमा सघाउने गरेको छ ।” केरा व्यवसायी सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र चौधरीका अनुसार अहिले टीकापुर क्षेत्रमा ५०० हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन ३०, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



