

-
काठमाडौँ । मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.३३ प्रतिशतले बढेर ३०४.६९ मा पुगेको छ । आज नेप्से ५.४७ र सेन्सेटिभ परिसूचक ४.९४ प्रतिशतले बढेको छ ।
कूल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर रु दुई अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिदबिक्री भयो । कारोवार भएका कूल १२ समूहमध्ये सामूहिक लगानी कोषको शेयर ०.०८ अङ्कले घटेको छ भने अन्य सबै उपसमूहको शेयर उकालो लागेको छ ।
आज सबैभन्दा बढी जीवनबीमा उपसमूहको शेयर ५१०.९७ अङ्कले बढेको छ । यस्तै बैंकिङ ६८.४७, व्यापार ६५.४७, होटल ९९.५९, विकास बैंक ७४.४४, जलविद्युत् ४८.३२, वित्त २०.६१, निर्जीवन बीमा ४४५.५६, उत्पादन १०९.७९, अन्य १९.२८ र लघुवित्त ११७.२८ अङ्कले बढेको छ ।
कारोवार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर रु २३ करोड ६६ लाख ४९ हजार १४१ मा कारोवार भयो । यस्तै एनआइसी एशियाको रु १४ करोड ६६ लाख ५३ हजार ७९६, एनएमबी बैंकको रु १२ करोड २१ लाख ८४ हजार १५०, हिमालयन डिस्टिलरीको रु ११ करोड ८६ लाख ४१ हजार ८४२, नबिल बैंकको रु ६ करोड ६४ लाख ७३ हजार ९५७ र शिवम् सिमेन्ट्स लिमिटेडको शेयर रु पाँच करोड ७३ लाख ९३ हजार ४२७ मा कारोवार भयो ।
आज साल्ट ट्रेडिङ कर्पोरेशन, लक्ष्मी लघुवित्त वित्तीय संस्था, एभरेष्ट इस्सुरेन्स कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाए । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीले ९.३४ प्रतिशतले गुमाए । यसैगरी नेपाल फाइनान्स ७.२८, खानीखोला हाइड्रोपावर ५.०८, नबिल समृद्धि फन्ड–१ का लगानीकर्ताले ४.१० प्रतिशतले गुमाए ।
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



