

-
काठमाडौँ । मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.३३ प्रतिशतले बढेर ३०४.६९ मा पुगेको छ । आज नेप्से ५.४७ र सेन्सेटिभ परिसूचक ४.९४ प्रतिशतले बढेको छ ।
कूल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर रु दुई अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिदबिक्री भयो । कारोवार भएका कूल १२ समूहमध्ये सामूहिक लगानी कोषको शेयर ०.०८ अङ्कले घटेको छ भने अन्य सबै उपसमूहको शेयर उकालो लागेको छ ।
आज सबैभन्दा बढी जीवनबीमा उपसमूहको शेयर ५१०.९७ अङ्कले बढेको छ । यस्तै बैंकिङ ६८.४७, व्यापार ६५.४७, होटल ९९.५९, विकास बैंक ७४.४४, जलविद्युत् ४८.३२, वित्त २०.६१, निर्जीवन बीमा ४४५.५६, उत्पादन १०९.७९, अन्य १९.२८ र लघुवित्त ११७.२८ अङ्कले बढेको छ ।
कारोवार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर रु २३ करोड ६६ लाख ४९ हजार १४१ मा कारोवार भयो । यस्तै एनआइसी एशियाको रु १४ करोड ६६ लाख ५३ हजार ७९६, एनएमबी बैंकको रु १२ करोड २१ लाख ८४ हजार १५०, हिमालयन डिस्टिलरीको रु ११ करोड ८६ लाख ४१ हजार ८४२, नबिल बैंकको रु ६ करोड ६४ लाख ७३ हजार ९५७ र शिवम् सिमेन्ट्स लिमिटेडको शेयर रु पाँच करोड ७३ लाख ९३ हजार ४२७ मा कारोवार भयो ।
आज साल्ट ट्रेडिङ कर्पोरेशन, लक्ष्मी लघुवित्त वित्तीय संस्था, एभरेष्ट इस्सुरेन्स कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाए । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीले ९.३४ प्रतिशतले गुमाए । यसैगरी नेपाल फाइनान्स ७.२८, खानीखोला हाइड्रोपावर ५.०८, नबिल समृद्धि फन्ड–१ का लगानीकर्ताले ४.१० प्रतिशतले गुमाए ।
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२