

-
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस् राष्ट्रपति रिसेप तैयव एर्डोगानबीच सिरियाका विषयमा रुसी राजधानी मस्कोमा वार्ता हुने भएको बताइएको छ । रुसी राष्ट्रपति र टर्किस राष्ट्रपतिबीच यही बिहीबार मस्कोमा वार्ता हुने समाचारमा जनाइएको छ । उहाँहरुबीच सिरियाको विषयमा वार्ता हुने समाचारमा उल्लेख गरिएको छ ।
सिरियाको इद्लिव प्रान्तमा बढ्दो द्वन्द्वका विषयमा सो वार्ता हुने जनाइएको छ । उक्त प्रान्तमा जारी रहेको हिंसाका कारण त्यहाँको अवस्था प्रतिदिन नाजुक हुदै गएको बताइएको छ । सोही कारणले यो प्रत्यक्ष वार्ताको आवश्यकता परेको हो– रुसी राष्ट्रपति पुटिनले जानकारी दिनुभएको छ ।सिरियामा पछिल्लो समयमा आप्रवासीहरुबीच ठूलो द्वन्द्व सिर्जना भएको र जसका कारण यहाँको अवस्था बिग्रिँदै गएपछि दुई राष्ट्रप्रमुखबीच भेटवार्ता हुन लागेको हो । मस्कोका लागि प्रस्थान गर्नुअघि टर्किस राष्ट्रपति एर्डोगानले सिरियाको इद्लिब र लगभग अरु क्षेत्रको पनि अवस्था बिग्रिँदै गएको र आगामी बिहीबार यसै विषयमा हामी वार्तामा बस्न लागेकोले विश्वको ध्यान नै हामीमाथि रहेको बताउनुभयो ।
उक्त वार्तामा विशेषगरी इद्लिबको युद्धविरामका विषयका साथै सिरियामा शान्ति स्थापनाका विषयमा पनि आवश्यक मात्रामा कुराकानी हुने रुसले जनाएको छ । गएका केही हप्तायता सिरियामा टर्कीका दर्जनौँ सेना मारिएका छन् । मारिएका ती सैनिकको विषयमा रुसी राष्ट्रपति पुटिनले टर्कीलाई समवेदना सन्देश पठाउनुभएको थियो । यसरी सिरियामा टर्कीका सेना मारिएपछि टर्कीले पनि पहिलो पटक सिरियाली राष्ट्रपति बसर अल असदका विरुद्धमा आक्रामक कारबाही नै अघि सारेको छ । यस अवधिमा सिरियाली सैनिकले पनि ठूलो मात्रामा क्षति ब्यहोर्नुपरेको टर्कीले जानकारी दिएको छ । सिरियाको इद्लिबमा समय समयमा युद्धविराम भएको भनिएको भए पनि हिंसा भने कम भएको छैन ।
लामो समयदेखि जारी रहेको सिरियाको हिंसाको अन्त्यका विभिन्न प्रयासहरु सफल हुन सकेका छैनन् । ती प्रयासहरु कहिले संयुक्त राष्ट्रसंघ त कहिले अमेरिकाले पनि अघि सारेको थियो । सिरियामा सन् २०११ बाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन शुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
सो गृहयुद्धमा अल कायदा इस्लामिक स्ट्टेस ९आइएस० जस्ता आतङ्ककारी समूह हाबी हदै गए । यस आन्दोलनमा सो समयदेखि हालसम्म ३ हजार ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौं घाइते भएका छन् भने लाखौै देशभित्र र बाहिर शरणार्थी जिवन यापन गर्न बाध्य भएका छन् । रासस/एएफपी
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



