

-
बलेवा । वर्षौ बित्दासमेत यहाँका भूकम्प पीडितले राज्यले घोषणा गरेको पुनःनिर्माण अनुदान नपाएको गुनासो गरेका छन् । बागलुङमा सूचीकृत भएकामध्ये केहीले दोस्रो र तेस्रो किस्ताको अनुदान पाउन कठिन भएको बताएका छन् । एकमुष्ट रु तीन लाख अनुदान पाउनुपर्नेको सङ्ख्या जैमिनी नगरपालिका वडा नं १ र २ मा धेरै छ । त्योबाहेकका ६८ बनिसकेका घरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिने अनुदान पाउन कठिन भएको छ । विशेष गरेर प्राधिकरणले प्राविधिक पठाउनुअघि बनेका घरले अनुदान पाएका छैनन् । सूचीकृत भएर पहिलो किस्ता पाएका केही र दोस्रो किस्तासमेत पाएका धेरैको तेस्रो किस्ताको रकम रोकिएको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बागलुङले जनाएको छ ।
अनुदान नपाउनेले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । “पालमुनी कहिले पानी कहिले चिसो, केटाकेटी त जोगाउनै पर्यो भनेर ऋण गरी घर बनाइयो”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेम लम्सालले भन्नुभयोे, “कसैको आशा थिएन्, सरकारले हेर्ला भन्ने त थियो ।” सरकारले उनीहरुको घर निर्माण गर्ने बेलासम्म पुनःनिर्माण प्राधिकरण गठन गरिएको थियो तर काम शुरु भएको थिएन् ।
घर बनाएर सकेको भोलिपल्टै मजदुरी गरी ऋण तिर्ने काममा लागेका लम्साल र नेपाली जस्ता कयौँले अझै ऋणको भारी बोकिरहेका छन् । सरकारले निजी निवास पुनःनिर्माणको लागि अनुदान दिने घोषणा ग¥यो । सोहीअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन भएर काम चलिरहेको छ । तर उनीहरु जस्तै कयौँ पीडितले भने राहतभन्दा धेरै पीडा भोग्दै आएका छन् । पहिले सरकारले खटाएका प्राविधिकले जाँच गरेर सिफारिस भएका घरलाई मात्रै अनुदान दिने भनिएकाले उनीहरुका घर सरकारले बनाएको कार्यविधिमा परेका थिएनन् ।
वास्तविक भूकम्प पीडित भएकाले पीडितको सूचीमा सूचीकृत भएर पहिलो किस्ताको रकम मात्रै त्यस्ता घरले पाएका थिए । “प्राविधिकले सिफारिस गरेअनुसार घर बनाउनुपर्ने भन्ने कुरा आयो, हाम्रो घर त बनिसकेको थियो”, लम्सालले भन्नुभयो, “पछि पहिलै बनेका घरले पनि एकमुष्ट पाउने भन्ने सूचना आएकाले प्रक्रिया पूरा गरेर गयौँ तर रकम पाइएको छैन ।” निजी आवास पुनःनिर्माणको अनुदानका लागि धाउदा समयको बर्बादी मात्रै भएको लम्साल बताउनुहुन्छ । उनीहरुले अहिलेसम्म दोस्रो र तेस्रो किस्ताको रकम पाएका छैनन् । जैमिनीमा मात्रै ४२ परिवारले प्राविधिक आउनु पूर्वनै घर बनाएको भनेर निवेदन दिएका छन् तर एकमुष्ट आउने भनिएको रकम अहिलेसम्म आएको छैन ।
राष्ट्रिय पुनःनिर्माण निर्देशक समितिको विसं २०७५ माघ ३ गते बसेको बैठकले पहिले नै घर बनाएकालाई थप समस्यामा पारेको छ । निर्णयको १ नम्बर बुँदामा उल्लेख भएको व्यवस्थाअनुसार जिल्लाभरका ६८ पीडित परिवारलाई रकम उपलब्ध गराउन नसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइका स्रोतव्यक्ति विक्रम सापकोटा बताउनुहुन्छ ।
उहाँका अनुसार, प्राविधिक आउनुपूर्व घर बनाइसकेका ३७७ परिवारले एकमुष्ट रु तीन लाख भुक्तानी पाएका छन् । “निर्णयअनुसार कार्यविधि बनेको छ, कार्यविधिले रोकेको कुरा हामीले गर्न मिलेन”, सापकोटाले भन्नुभयो, “बाँकी पीडितको अवस्थाबारे रिपोटिङ भएको छ, माथिबाटै निर्णय होला ।” अनुदानको भुक्तानी लिएकामध्ये अधिकांश प्राविधिक पुग्नु अगावै घर बनाएका तर प्राविधिककै सिफारिसमा दोस्रो किस्ताको रकम पाएका छन् ।
पीडितहरु प्राविधिकको लापरवाहीका कारण आफूहरुले पाउने रकम रोकिएको बताउछन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले भन्नुभयो, “प्राविधिक र जनप्रतिनिधिले मनलाग्दी गरेका कारण हामीलाई थप पीडा आइलाग्यो ।” आशा देखाएको अनुदान नपाउदा आफूहरुलाई थप पीडा भएको उनीहरुको गुनासो छ । जिल्ला कार्यान्वयन एकाइले भने प्रक्रिया पूरा भएका कसैको पनि अनुदान नरोकिएको जनाएको छ । “यसवर्ष बजेट नपुगेकाले प्रक्रिया पुगेकाको पनि रकम पठाउन सकिएको छैन”, एकाइका सूचना अधिकारी चुर्णबहादुर कार्कीले भन्नुभयो, “दोस्रो किस्ता पाउनुभनेको प्राविधिक हिसाबले पास भएरै पाउनु हो, भवनले के कसरी काम गरिरहेको छ थाहा भएन ।”
चालू आवमा बागलुङमा निजी निवास पुनःनिर्माणको लागि मात्रै रु १२ करोड बजेट थियो । जिल्लामा सूचीकृत भएका दुई हजार ६३१ पीडित छन् । पीडितमध्ये दुई हजार २२६ ले पहिलो किस्ता, एक हजार ५९९ ले दोस्रो किस्ता र एक हजार ३२९ ले तेस्रो किस्ताको रकम पाएका छन् । पूर्णक्षति नभएर प्रवलीकरण गर्नुपर्ने १६१ परिवारमध्ये हालसम्म ८७ परिवारले सम्झौता गरेर पहिलो किस्ता लगिसकेको कार्कीले जानकरी दिनुभयो । दुई जनाले दोस्रो किस्ताको रकम पाएका छन् । रासस
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



