

-
गलकोट । बागलुङकोे काठेखोला गाउँपालिका–७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । विगतमा स्थानीयवासीले खानीदुलामा तामा निकालेका पाँच वटा गहिरा प्वालसमेत भएकाले तामा खानीको सम्भाव्यता अध्ययन थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ ।
सो तामा खानीमा तामाको अवस्था र सम्भावनाका विषयमा दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन थालेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकरी दिनुभयो । “वडाभित्र रहेका स्रोत र साधनको पहिचान गर्ने कार्यक्रमअन्तर्गत तामा खानीको सम्भाव्यता थालेका हौँ”, लामिछानेले भन्नुभयो, “खानीका तामाको अवस्थाका विषयमा ल्याब परीक्षणपछि मात्रै पत्ता लाग्नेछ ।” खानीलाई उत्खनन गरेर आर्थिक उपार्जन गरी वडालाई समृद्ध बनाउने उद्देश्यले खानीको सम्भाव्यता अध्ययन शुरु गरेको वडा कार्यालयले जनाएको छ ।
तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी हर्षित भएको वडाध्यक्ष लामिछानेले बताउनुभयो । उहाँका अनुसार वर्षौँदेखि ओझेलमा परेको खानीको उत्खननपछि यस क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ । जिल्लाको काठेखोला गाउँपालिकाको पहलमा खानीको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली झिकाएर अध्ययन थालेको हो । चिनियाँ टोलीले जोम्बिङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा बागलुङ नगरपालिका–९ तित्याङ अडडाँडा, बागलुङ नगरपालिका–११ रायडाँडा तथा काठेखोला गाउँपालिकाको रेशमामा फलाम तथा तामा खानीको सम्भाव्यता अध्ययन गरिरहेको छ । बागलुङ नगरपालिका–९ तित्याङस्थित अडडाँडामा तामा खानी उत्खननका लागि चिनियाँ प्राविधिक टोली आएर खानीको भित्रि तहमा तामाको अवस्थाको अध्ययन तथा खानी खन्ने काम गरिरहेको वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो ।
उक्त टोलीले जोम्बिङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा नेपालको शुभम् ग्रुपसँग मिलेर तामा खानीको अध्ययन गर्न बागलुङ आएको हो । अडडाँडामा तामा खानीको प्रचुर सम्भावना रहेको भन्दै तामा खानीको उत्खननसमेत थालिसकेको ग्रुपका प्रतिनिधि सूर्य अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तित्याङ र रेशबाट ठूलो परिणाममा तामा निकाल्न सकिएमा स्थानीय तहलाई फाइदा पुग्ने बताउनुभयो । बागलुङ जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा परम्परागत तरिकाले तामा तथा फलामखानी सञ्चालनमा आए पनि पछिल्लो समय बन्द भएका थिए । रासस
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



