

-
वुहान, चीन । चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीनमा कोरोना भाइरसको सङ्क्रमणको माहामारी फैलिएको सहर वुहानका वासिन्दा र सङ्क्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीहरूलाई भेट गर्नुभएको छ । विश्व स्वास्थ्य संगठनद्वारा कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमणका कारण चीनमा मङ्गलबारसम्ममा तीन हजार १३६ जनाको मृत्यु भएको छ ।
राष्ट्रपति सीले भ्रमण गरेको हुबेई प्रान्तको राजधानी वुहान कोभिड–१९ को सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित स्थान हो । राष्ट्रपति सीले प्रकोप रोकथाम तथा नियन्त्रण परीक्षण केन्द्र, ह्वो शन शान अस्पतालको निरीक्षण भ्रमणपछि प्रकोप नियन्त्रणका शिलशिलामा क्वारेन्टिनमा बसेका स्थानीयसँग पनि भेटगरी जानकारी लिनुभएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिवसमेत रहेका राष्ट्रपति सीले वुहान स्थानीय समुदायले भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरेका पहलहरूबारे जानकारी लिनुभएको थियो । उहाँले स्थानीय र अग्रपङ्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा स्वयंसेवक र संघसंस्थालाई प्रकोप नियन्त्रणका लागि गरेको पहलका लागि आभार व्यक्त गर्नुभयो ।
उहाँले त्यहाँ अस्पतालको सञ्चालन, बिरामीको उपचार, चिकित्साकर्मीको संरक्षण र प्रत्याभूति, वैज्ञानिक अध्ययन आदि अवस्थाबारे जानकारी लिएर उपचाररत बिरामीप्रति सहानुभूति प्रकट गर्नुभएको थियो । राष्ट्रपति सीले कोभिड–१९ विरुद्धको काममा खटिइरहेका चिकित्साकर्मीलाई हौसला दिँदै सबैले दृढविश्वासका साथ भाइरस विरोधी लडाइँ जित्नुपर्ने पनि बताउनुभयो ।
News Desk 0 response मङ्लबार, फाल्गुन २७, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१