

-
भक्तपुर । वाग्मती प्रदेशमा गत वर्षभन्दा यस वर्ष महिलामाथि हुने मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ११०औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यसबारे जानकारी दिँदै २०१९ मा अभिलेख गरेका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वाग्मतीमा अघिल्लो वर्षको तुलनामा यस वर्ष महिला अधिकारका घटनामा वृद्धि भएको जनाएको हो ।
इन्सेकले २०१९ जनवरीदेखि डिसेम्बरसम्म नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरेका घटना सार्वजनिक गर्दै वाग्मती प्रदेशमा सन् २०१९ मा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट एक हजार ४९४ पीडित भएकामा एक हजार १८४ महिला भएको इन्सेकका प्रदेश संयोजक कृष्ण गौतमले जानकारी दिनुभयो ।
सन् २०१९ को एक वर्षमा वाग्मतीका १३ जिल्लामा महिला अधिकारका घटनाबाट ७४७ र बालअधिकार उल्लङ्घनका घटनामा ३७० पीडित भएका छन् । सोमध्ये बलात्कारका ३८६ घटना भएकामा २५३ बालिका र १३३ महिला पीडित भएको गौतमले जानकारी दिनुभयो । यस वर्ष ६४ महिला र २० बालिका बेचबिखनमा परेको, १६ बालिकाको विवाह भएको, १२ महिलालाई बोक्सीको आरोपमा यातना दिइएको, बलात्कार घटनाबाट १३३ महिला र २५३ बालिका, यौन दुव्र्यबहारबाट १० महिला र ८० बालिका, बहुविवाहमा १२४ महिला, विद्यालयमा शारीरिक यातना एक बालिका र घरेलु हिंसामा ३७४ महिला पीडित भएको संयोजक गौतमले जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, फाल्गुन २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



