

-
बनेपा । पाँचखाल नगरपालिका वडा नं ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गर्नुभएको छ । गत वर्ष त्यही अनुपातमा खेती गरेको उहाँले यस वर्ष राम्रो आम्दानी पाएको बताउनुभयो ।
पहिलो पटक खनेर बिक्री गरिसकेका उहाँले प्रतिकिलो रु ३२ सम्ममा बिक्री गरेको बताउनुभयो । आलुको अवस्थाअनुसार किलोको रु ३५ सम्म मूल्य पाएको अधिकारीको भनाइ छ । “केही वर्षयताको मूल्यमा यस वर्ष राम्रो भाउ पाएका छौँ”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा यस वर्ष आलुखेती गर्ने किसानले राम्रो मूल्य पाएको छ ।” गत वर्ष किलोको रु २० देखि रु २२ सम्म मात्रै पाएको उहाँले बताउनुभयो । पच्चीस रोपनीमा आलुुखेती गर्नुभएका उहाँले अझै चार÷पाँच पटक खन्न बाँकी नै रहेको जानकारी दिनुभयो ।
सोही वडास्थित लाम्डीका अर्का किसान यादव अधिकारीले यस वर्ष आलुको राम्रो मूल्य पाइएको बताउनुभयो । “खेती गरेअनुसार यस वर्ष किसानले राम्रो भाउ लिइरहेका छन्”, उहाँले भन्नुभयो, “मैले यसपाली अलि ढिला लगाएकाले बेच्न बाँकी नै छ, त्यस बेलासम्ममा राम्रो मूल्य पाउँछु होला ।” उहाँले यस वर्ष २० रोपनीमा आलुखेती गर्नुभएको छ । गत वर्षको भन्दा यस वर्ष राम्रो मूल्य पाइरहेकाले आलुखेतीप्रति किसान उत्साहित भएका उहाँको भनाइ छ ।
वडा नं ६ तीनपिप्लेका किसान बद्री ढुङ्गानाले यस वर्ष आलुको राम्रो मूल्य पाएकाले पाँचखालका किसान उत्साहित भएका बताउनुभयो । आलुको राम्रो मूल्य पाएपछि अहिले पाँचखालका किसान खुशी भएका छन् । नगरपालिकाका कृषि तथा पशुपक्षी शाखा प्रमुख ईश्वर अधिकारीले नगरपालिकामा यस वर्ष २६ हजार ५०० हेक्टरमा आलुखेती लगाइएको बताउनुभयो ।
गत वर्षको भन्दा यस वर्ष किसानले प्रतिकिलो रु १० भन्दा बढी मूल्य पाएको उहाँको भनाइ छ । गत वर्ष किसानले प्रतिकेजी रु २० देखि रु २२ सम्ममा बिक्री गरेका थिए । काभ्रेपलाञ्चोकको पाँचखालमा उत्पादन भएको आलुमा बढीमात्रामा विषादी प्रयोग गरेको भन्ने आरोप खेप्दै आएकामा कालिमाटीस्थित बाली संरक्षण निर्देशनालय हरिहरभवनअन्तर्गत द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट गरिएको परीक्षणअनुसार सो आलुमा कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट प्रतिशत ११ भन्दा कम भएको पाइएको उहाँले बताउनुभयो ।
विज्ञका अनुसार कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट ३५ प्रतिशतभन्दा कम भएको आलु खानाका लागि योग्य भएको मानिन्छ । त्यसरी खेती गर्दै आएका किसानलाई सहयोगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइसुपरजोन (आलु)ले विभिन्न प्रक्रियाबाट सहयोग गर्दै आइरहेको छ । किसानको सहजताका लागि गुणस्तरीय बीउ र खेतीमा सहजताका लागि औजारसमेत कम मूल्यमा पाउने गरी कस्टम हायरिङ सेन्टरसमेत स्थापना गरेर सहयोग गरेपछि किसानमा आलुखेती गर्न थप हौसला मिलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन (आलु) काभ्रेपलाञ्चोकका सञ्चालक समिति अध्यक्ष हरि खतिवडाले बताउनुभयो ।
“त्यससँगै आलु सुपरजोन कार्यक्रम लागू भएपछि विषादी न्यूनीकरणका लागि किसानलाई विभिन्न प्रकारका सचेतनाका कार्यक्रम गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो । त्यससँगै किसानलाई माटो सुधार, खेतीको तरिका र आलुको जात छनोटलगायत गोठ सुधारको कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ । रासस
News Desk 0 response आइतवार, फाल्गुन २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



