

-
काबुल । अफगानिस्तानस्थित राष्ट्रसंघीय सहायता नियोग (युनामा) ले अफगान शान्ति वार्तामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सम्पूर्ण पक्षलाई आग्रह गरेको छ । युनामाद्वारा जारी वक्तव्यमा अन्तर–अफगान शान्ति वार्तामा पछिल्ला वर्षहरुमा अफगानिस्तानमा भएका सामाजिक, राजनीतिक उपलब्धिलाई बचाउन र अगाडि बढाउन सबैले ध्यान दिनुपर्ने उल्लेख छ ।
“संयुक्त राष्ट्रसंघद्वारा समर्थित र महिलालाई औपचारिक शान्ति वार्तामा समावेश गर्ने मान्यताले नतिजा दिने अवस्था सिर्जना भएको छ । महिलाहरुको देशव्यापी र सामुदायिक स्वामित्वका साथै राजनीतिमा पूर्ण र अर्थपूर्ण सहभागिता गराउन समाजका सबै सदस्यहरुबीच एकमत हुनेछ,” विज्ञप्तिमा भनिएको छ । राष्ट्रसंघीय नियोगकी प्रमुख ताडामिची यामामोटोले जारी गर्नु भएको उक्त विज्ञप्तिमा शान्तिपूर्ण र समावेशी समाज सिर्जना गर्न अफगान महिलाहरुलाई शिक्षा, स्वास्थ्य र काममा न्यायपूर्ण एवं सहज पहुँच सिर्जना गर्नु पर्दछ भनिउको छ ।
उहाँले अफगानिस्तानमा औपचारिक कानून र राष्ट्रिय कार्ययोजनालगायत महिला अधिकारमा उल्लेखनीय प्रगति भएको छ भन्दै महिलाका लागि आगामी दिनमा अझ बलियो सामाजिक र राजनीतिक समर्थन अझै आवश्यक छ भन्नुभयो । रासस/सिन्ह्वा
News Desk 0 response आइतवार, फाल्गुन २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



