

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल पुनःबीमा कम्पनीले आगामी चैत ४ गतदेखि रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार प्रतिकित्ता रु १०० दरका कूल एक करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै कूल आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । आह्वानपत्रअनुसार कूल एक करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
सो कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आगामी चैत ४ गतेदेखि बिक्री हुने उक्त साधारण शेयर बढीमा चैत ७ गतेसम्म रहनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ । रासस
News Desk 0 response शनिबार, फाल्गुन २४, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
चीन नेपालबीच आएको समस्या दुवै मिलेर समाधान..
मङ्लबार, माघ २९, २०८१ -
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय..
बुधबार, माघ २३, २०८१ -
रविलाई हिरासतमा राख्न अदालतको आदेश
बुधबार, माघ २३, २०८१