

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल पुनःबीमा कम्पनीले आगामी चैत ४ गतदेखि रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार प्रतिकित्ता रु १०० दरका कूल एक करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै कूल आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । आह्वानपत्रअनुसार कूल एक करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
सो कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आगामी चैत ४ गतेदेखि बिक्री हुने उक्त साधारण शेयर बढीमा चैत ७ गतेसम्म रहनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ । रासस
News Desk 0 response शनिबार, फाल्गुन २४, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



