

-
काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय ग¥यो ।
यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुपर्यो । यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्तासमेत मर्कामा समेत परे । साताको पहिलो दिनदेखि नै ओरोलो लागेको बजार अन्तिम दिनसमेत ओरोलो नै लागेर बन्द भयो । बजारमा अल्पकालीन नाफा कमाउने प्रवृत्ति हावी हुँदा बजारले नकारात्मक लय समात्न पुग्यो ।
साताभर कूल १८१ कम्पनीको कूल तीन करोड १६ लाख ५५ हजार ५८३ कित्ता शेयर रु १३ अर्ब ७६ करोड बराबरको कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से ४०।८२ अङ्कले घटेर एक हजार ५९१।३६ मा पुग्यो । सो दिन कूल १८३ कम्पनीका एक करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर रु चार अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ मा खरिद बिक्री भयो ।
यस साता सोमबार भने नेप्सेमा नकारात्मक सर्किट नै लाग्न पुग्यो । सोही कारण त्यस दिनको कारोवार नै स्थगित भयो । नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि त्यस दिनको कारोवार स्थगित भयो । नेप्सेका अनुसार त्यस दिन दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको थियो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६।०६ विन्दुले झरेको थियो । उक्त गिरावट प्रतिशतका आधारमा ६।०६ हो । त्यस दिन कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर रु दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोवार भएको थियो ।
यस्तै मङ्गलबार नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा कारोवार केही समय स्थगित भयो । सो दिन भने कूल १८१ कम्पनीको ८२ लाख ११ हजार २८९ कित्ता शेयर रु तीन अर्ब ८५ करोड १६ लाख २२ हजार ९९६ मूल्यमा खरिद बिक्री भए । बुधबारसमेत नेप्से परिसूचकमा भारी गिरावट आयो । त्यस दिन नेप्से ६८।४७ अङ्कले घटेर एक हजार ४४१।२० मा पुग्यो । त्यस दिन कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर रु दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भए ।
यस्तै बिहीबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको थियो । कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर रु दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरिद बिक्री भए । रासस
News Desk 0 response शनिबार, फाल्गुन २४, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



