

-
वीरगञ्ज । भन्सार कार्यालय सिर्सियाले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रने दाल, गेडागुडी, मरिच छोकडालगायत खाद्य वस्तु सुख्खा बन्दरगाह गुणस्तर प्रमाणीकरण कार्यालयमा जाँच नगरिकन छाड्दा उपभोक्ता मन्द विषको शिकार हुँदै गएका छन् । सो नाकाबाट दैनिक करिब ५०० मेट्रिकटन दाल, गेडागुडी, सोयोविन, मकैलगायतका खाद्य सामग्री नेपाल भित्रन्छ । सुक्खा बन्दरगाह कार्यालयले प्लान्ट क्वारेन्टाइन कार्यालयमा सामान्य जाँच गराई छाड्ने गरेकाले रङयुक्त यस्ता पदार्थ उपभोक्ताले खाँदा क्यान्सर जस्ता रोगको शिकार हुने गरेका छन् ।
भटमास तथा गेडागुडीमा माइक्रोटकसिन भन्ने रसायन पदार्थ मिसिएकाले यसको प्रयोगले मानव स्वास्थ्यमा प्रतिक्ूल असर पर्ने गरेको खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगञ्जका सूचना अधिकारी रवीन्द्र झाले बताउनुभयो । उहाँले राससलाई भन्नुभयो, “ती खाद्य पदार्थको विश्लेषण नगराई सामान्यरुपमा क्वारेन्टाइन गराएर छोडदा मानव स्वास्थ्यमा मन्द विषको प्रभाव पर्दै गएको छ ।”
खाद्य सामग्री खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा नपठाइ सुक्खा बन्दरगाहले क्वारेन्टाइन कार्यालयमा पठाउने गरेकाले वस्तुहरुको पूर्णरुपमा जाँच हुन नसक्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको विज्ञको भनाइ छ ।
सुक्खा बन्दरगाह कार्यालय सिर्सियाका सूचना अधिकारी जगदीश पूर्वेले शुरुदेखि नै खाद्य वस्तु क्वारेन्टाइन कार्यालयमा जचाउने गरेकाले त्यस्ता वस्तुको जाँचका लागि क्वारेन्टाइन पठाउने गरिएको बताउनुभयो । खाद्य ऐन २०२३ अन्तर्गत सामानको खाद्य आयातनिर्यात गुणस्तर कार्यालयबाट जाँच गराई भन्सार पास गर्नुपर्नेमा क्वारेन्टाइनमा पठाएर सामान्य तरिकाले जाँच गरी पठाउने गरेकाले यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माग उपभोक्ताको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २३, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



