

-
लहान । दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् । सोका कारण इँटाको मूल्यवृद्धि गरिएको छ । दक्ष कामदारको अभाव हुनु, कोइलामा सहज आपूर्ति नहुनु, कोइलामा भएको मूल्यवृद्धि, पूँजीको समस्या र करलगायतका कारणले इँटा उद्योग बन्द भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता भई लामो समयदेखि इँटा उत्पादन गर्दै आएका ती उद्योग विगत दुई वर्षदेखि बन्द भएका सप्तरी इँटा व्यवसायी सङ्घले जनाएको छ ।
“अधिकांश इँटा उद्योगमा काम गर्ने मजदूर प्रायः भारतीय नागरिक थिए, तर बिस्तारै ती कामदार काम छाडेर घर गएपछि यतिबेला दक्ष कामदार चरम अभाव भएको छ”, अध्यक्ष दुर्गानन्द साहले भन्नुभयो, “इँटा बनाउनेदेखि पोल्नेसम्मका कामदार नपाइएपछि ती इँटा उद्योगले इँटा उत्पादन बन्द गरेका हुन् ।” यसका साथै इँटा पोल्न कोइलासमेत सहजरुपमा आपूर्ति नहुने गरेको र इँटा उद्योग सञ्चालनका लागि पूँजीसमेत थप्नुपर्ने अवस्थाका कारण ती इँटा उद्योग बन्द भएका उहाँको भनाइ छ ।
“इँटा उद्योगमा चाहिने कोइला भारतको विभिन्न नाकाबाट आउने गरेकामा सस्तो थियो, तर यस वर्ष भारतको सुनौली नाकाबाट मात्र कोइला निर्यात हुने गरेकाले तेस्रो मुलुकबाट कोइला ल्याउनुपर्ने स्थिति सिर्जना भएको छ”, अर्का इँटा व्यवसायी मो हफिजले भन्नुभयो, “एकातिर कामदारको समस्या छ, अर्काेतिर कोइला अमेरिका र इण्डोनेसियालगायतका तेस्रो मुलुकबाट ल्याउनु पर्दा महँगोसँगै पनि समयमा नआउने अवस्था छ, जसका कारण उद्योग सञ्चालन गर्नै गाह्रो भएका छन् ।”
एउटा उद्योगका लागि ६०० देखि एक हजार टन कोइलाको आवश्यकतापर्ने गरेको छ । इँटा उद्योग सञ्चालनका लागि ठूलो पूँजी लगानी गर्नुपर्ने अवस्था रहेकाले बिस्तारै पलायन हुने स्थितिमा पुगेको इँटा व्यवसायी बताउँछन् । “पहिला थोरै पूूँजीमा इँटा उद्योग सञ्चालन हुन्थ्यो”, इँटा व्यवसायी शशि यादवले भन्नुभयो, “अहिले इँटा उद्योग सञ्चालनका लागि कम्तीमा रु एक करोडको पूँजी चाहिन्छ, त्योभन्दा कम पूँजीमा इँटा उद्योग चलाउनै सकिँदैन ।”
कोइला महँगो, सरकारी कर चर्काे भएको र वर्षाका कारण इँटामा पुगेको क्षति जस्ता कारणले इँटाको मूल्य बढाइएको व्यवसायी सङ्घका अध्यक्ष साहले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि प्रतिइँटा रु १४ मा बेच्दै आएकामा दुई रुपैयाँ वृद्धि गरी प्रतिइँटा रु १६ का दरले बिक्री गर्ने निर्णय गरेका छौँ ।” जिल्लामा ७२ इँटा उद्योग दर्ता रहेको घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले जनाएको छ । दर्ता गरेकामध्ये हाल ४२ इँटा उद्योग सञ्चालनमा रहेका छन् । सप्तरीमा वार्षिक एक करोड २५ लाख इँटा उत्पादन हुने गरेका बताइएको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २३, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



