

-
तनहुँ । भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका जोड्ने गरी भागर दोभानस्थित सेती नदी माथि निर्माण गरिएको मोटरेबल पुल निर्माण कार्यमा ढिलाइ भएको छ । करिब १०५ मिटर लामो उक्त पुल विसं २०७६ चैत १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सहमति भए पनि ठेकेदारको लापरवाहीका कारण एक वर्ष पुल निर्माणमा ढिलाइ भएको हो ।
तोकिएको अवधिभित्र सम्पन्न गर्न नसक्ने भएपछि समय थप गरिएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी एवं इञ्जिनीयर सचिन श्रेष्ठले बताउनुभयो । “हामीले पटकपटक छिटो सम्पन्न गर्न भनेका छौँ, तर पनि काममा गति नदिँदा निर्माण कार्यमा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “पुल निर्माणका लागि पछिल्लो समय थप भएसँगै विसं २०७७ फागुन मसान्तसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्ने छ ।”
पुलका लागि आवश्यक पर्ने चार फाउण्डेशनमध्ये तीन फाउण्डेशन निर्माण भइसकेका र अब एउटा फाउण्डेशन निर्माणका लागि काम अघि बढेको उहाँले जानकारी दिनुभयो । पुल निर्माण शुरु भएको झण्डै चार वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउँदा सर्वसाधारणले आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।
पुलबाट मोटरसाइकल तार्नको लागि जो कोहीले हिम्मत राख्दैन तर पनि कोही कसैले मोटरसाइकल कुदाउँदा पुल हल्लिने, पुलबाट तल देखिने नदीको रहर पारी भित्ताको अप्ठ्यारो घुम्तीका कारण यहाँ दैनिक दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । कयौँ मोटरसाइकल चालकको पटकपटक उद्धार गरिएको पुल नजिकै घर भएका दीपक आलेले बताउनुभयो ।
पटकपटक झोलुङ्गे पुलमा मोटरसाइकल चिप्लिँदा दुर्घटना बढ्दै गएका स्थानीय स्थानीय ज्येष्ठ नागरिक विष्णुबहादुर आलेले बताउनुभयो । उक्त पुलको एडभेन्चर कन्ट्रक्सनसँग रु आठ करोड ८० लाख ५० हजार ८८३ मा निर्माण गर्ने सम्झौता गरे पनि पछि लागत संशोधन गरी रु १० करोड एक लाख ५० हजार ५९३ पुगेको इञ्जिनीयर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भिमाद र शुक्लागण्डकी जोड्ने दोभानको पुलसहित जिल्लामा नौ पुल निर्माणाधीन अवस्थामा छन् । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २३, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३



