

-
तनहुँ । भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका जोड्ने गरी भागर दोभानस्थित सेती नदी माथि निर्माण गरिएको मोटरेबल पुल निर्माण कार्यमा ढिलाइ भएको छ । करिब १०५ मिटर लामो उक्त पुल विसं २०७६ चैत १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सहमति भए पनि ठेकेदारको लापरवाहीका कारण एक वर्ष पुल निर्माणमा ढिलाइ भएको हो ।
तोकिएको अवधिभित्र सम्पन्न गर्न नसक्ने भएपछि समय थप गरिएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी एवं इञ्जिनीयर सचिन श्रेष्ठले बताउनुभयो । “हामीले पटकपटक छिटो सम्पन्न गर्न भनेका छौँ, तर पनि काममा गति नदिँदा निर्माण कार्यमा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “पुल निर्माणका लागि पछिल्लो समय थप भएसँगै विसं २०७७ फागुन मसान्तसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्ने छ ।”
पुलका लागि आवश्यक पर्ने चार फाउण्डेशनमध्ये तीन फाउण्डेशन निर्माण भइसकेका र अब एउटा फाउण्डेशन निर्माणका लागि काम अघि बढेको उहाँले जानकारी दिनुभयो । पुल निर्माण शुरु भएको झण्डै चार वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउँदा सर्वसाधारणले आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।
पुलबाट मोटरसाइकल तार्नको लागि जो कोहीले हिम्मत राख्दैन तर पनि कोही कसैले मोटरसाइकल कुदाउँदा पुल हल्लिने, पुलबाट तल देखिने नदीको रहर पारी भित्ताको अप्ठ्यारो घुम्तीका कारण यहाँ दैनिक दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । कयौँ मोटरसाइकल चालकको पटकपटक उद्धार गरिएको पुल नजिकै घर भएका दीपक आलेले बताउनुभयो ।
पटकपटक झोलुङ्गे पुलमा मोटरसाइकल चिप्लिँदा दुर्घटना बढ्दै गएका स्थानीय स्थानीय ज्येष्ठ नागरिक विष्णुबहादुर आलेले बताउनुभयो । उक्त पुलको एडभेन्चर कन्ट्रक्सनसँग रु आठ करोड ८० लाख ५० हजार ८८३ मा निर्माण गर्ने सम्झौता गरे पनि पछि लागत संशोधन गरी रु १० करोड एक लाख ५० हजार ५९३ पुगेको इञ्जिनीयर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भिमाद र शुक्लागण्डकी जोड्ने दोभानको पुलसहित जिल्लामा नौ पुल निर्माणाधीन अवस्थामा छन् । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २३, २०७६


सम्बन्धित शीर्षकहरु
-
त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि..
शुक्रबार, फाल्गुन २, २०८१ -
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१
-
त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि..
शुक्रबार, फाल्गुन २, २०८१ -
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१
-
चीन नेपालबीच आएको समस्या दुवै मिलेर समाधान..
मङ्लबार, माघ २९, २०८१ -
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय..
बुधबार, माघ २३, २०८१ -
रविलाई हिरासतमा राख्न अदालतको आदेश
बुधबार, माघ २३, २०८१