-
कास्टानिज । ग्रीसले यही मार्च १ तारिखपछि अवैध रुपमा ग्रीस प्रवेश गरेका आप्रवासीलाई उनीहरु आएकै स्थानतर्फ फर्काउने जनाएको छ । उनीहरु छिमेकी मुलुक टर्कीको सेरेजबाट बिना इजाजत ग्रीस प्रवेश गरेका थिए । ग्रीसका आप्रवास मन्त्री नोटिस मिटाराचीले रातिको समयमा लुकिछिपी ग्रीस प्रवेश गरेका उनीहरु सबैलाई पक्राउ गरी उनीहरुकै देशतर्फ फर्काइने जानकारी दिनुभयो ।
टर्कीले गत फेब्रुअरी २८ मा आफ्नो भूमिमा लामो समयदेखि रहेबसेका आप्रवासीमध्ये टर्की प्रवेश गर्न चाहनेमाथि कुनै कारबाही नगर्ने वा नरोक्ने घोषणा गरेको थियो । यही मौकामा कम्तीमा १० हजार व्यक्ति ग्रीस प्रवेशका लागि सीमा क्षेत्रमा भेला भएका थिए । युरोपेली यूनियनसँग टर्कीले सन् २०१६ मा गरेको सम्झौतामा यी आप्रवासीलाई ग्रीस वा यूरोपेली मुलुकमा अवैध प्रवेश गर्न नदिने उल्लेख थियो ।
यहीबीच टर्कीले आप्रवासीमाथि खुकुलो नीति लिएसँगै सयौं व्यक्ति ग्रीस प्रवेश गरिसकेका छन् । उनीहरुमध्ये अधिकांश सामुद्रिक मार्ग हुँदै ग्रीसको लेसबोस पुगेका छन् भने केही व्यक्ति ग्रीसका अरु द्वीपमा पुगेका छन् । टर्की र ग्रीसले पछिल्लो समय एकअर्कामाथि आप्रवासीमाथि ज्यादती गरेको आरोप लगाइरहेका छन् । सीमा क्षेत्रमा भेला भएका आप्रवासीमाथि दुबै देशका सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको छ ।
अथेन्स न्यूज एजेन्सीसँग कुरा गर्दै ग्रीसका आप्रवास मन्त्री मिटाराचीले भन्नुभयो, “हाम्रो उद्देश्य अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउनु हो ।” उहाँले सन् २०१९ को जनवरी १ भन्दा अघि ग्रीस प्रवेश गरेका र विभिन्न द्वीपमा छरिएर बसिरहेका आप्रवासीलाई आगामी दिनमा एकै थलोमा ल्याइने पनि बताउनुभयो ।
ग्रीसले गत मार्च १ मा आप्रवासका लागि आवेदन दिए पनि कुनै पनि निवेदनलाई स्वीकार नगरिने घोषणा गरेको थियो । तर ग्रीसको उक्त कदमप्रति विभिन्न मानव अधिकार संस्थाहरुले आलोचना गरेका छन् । ग्रीसको लेसबोसमा यसअघि नै २० हजारभन्दा बढीले आश्रय लिइरहेका छन् ।
टर्कीले सीमा क्षेत्रमा गोली चलाउँदा एक जना आप्रवासीको मृत्यु भएको र अरु पाँच जना घाइते भएको आरोप लगाएको छ, तर ग्रीसले उक्त आरोपको खण्डन गरेको छ । ग्रीसका अनुसार टर्कीको प्रहरीले अश्रुग्यास प्रहार गरी आप्रवासीलाई ग्रीसको सीमाभित्र प्रवेश गराउन मद्दत गरिरहेको छ ।
सिरियाको इड्लिबमा रसिया समर्थित सिरियाली हवाई आक्रमणमा टर्कीका ३३ जना सैनिक मारिएपछि पछिल्लो सङ्कट उत्पन्न भएको हो । इड्लिबमा जारी सिरियाली बम हमला रोक्न युरोप र अमेरिकाले पर्याप्त ध्यान नदिएको टर्कीको आरोप छ । रासस/एएफपी
News Desk 0 response बिहिबार, फाल्गुन २२, २०७६
सम्बन्धित शीर्षकहरु
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय २० जनाको मृत्यु
मङ्लबार, माघ १, २०८१अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण सफल
मङ्लबार, माघ १, २०८१तालिबानले महिलालाई मानव मान्दैन स् मलाला युसुफजाई
सोमवार, पुस २९, २०८१-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय..
मङ्लबार, माघ १, २०८१ -
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१
-
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
आइतवार, पुस २१, २०८१