

-
धनुषा । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर लैङ्गिक हिंसाको अन्त सम्भव नरहेको बताउनुभएको छ । सहज परियोजनाद्वारा आज जनकपुरमा आयोजित समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा अन्तका लागि सभा गोष्ठीभन्दा सतहमा गएर काम गर्नुपर्ने बताउनुभयो ।
लैङ्गिक हिंसाको मुख्य कारक नै अशिक्षा रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले आयोजक संस्थालाई सचेतनामूलक कार्यक्रमका साथै शिक्षामा समेत लगानी गर्न सुझाव दिनुभयो । सामाजिक कुरीति जकडिएको हाम्रो समाजमा लैङ्गिक हिंसाबाट जोगाउन शिक्षा एकमात्र अस्त्र रहेको उहाँको कथन थियो ।
प्रदेश सरकारले लैङ्गिक हिंसा अन्तका लागि छोरीले सानैदेखि बलियो बनाउँदै लैजाने योजनाअनुरुप ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका साथै, सरकारी सेवामा ५० प्रतिशत आरक्षणको ग्यारेन्टी गरेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रहरी सेवामा महिलाको उपस्थिति लैङ्गिक हिंसा अन्तमा कोशेढुङ्गा सावित हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
सहज परियोजनाका देशीय निर्देशक जयशङ्कर लालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटनसत्रमा मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रदेश सरकारले चालेको कदमबारे जानकारी गराउनुभएको थियो ।
News Desk 0 response बिहिबार, फाल्गुन २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



