

-
काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ । उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको छ । सो एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको घोषणा गरेको हो । क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रिय विमानस्थलबाट सो जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएराति अवतरण गराउनुभएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
सो कम्पनीसंग तीन एअरबस ए३२०–२१४ र एक एयरबस ए३१९–११५ गरी चारवटा जहाज भएका छन् । एयरबस ए३१९–११५ छोटोदेखि मध्यम दूरीको उडान भर्ने एयरबस ए–३२० परिवारकै जहाज हो । एयरबस कम्पनीद्वारा निर्मित यो जहाजमा न्यारो–बडी, दुई इन्जिनयुक्त जेट विमान हो जस्ले व्यावसायिक यात्रीलाई ल्याउने–लाने गर्छ ।
कूल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको जहाजमा नयाँ र कुशल इन्जिन क्षमता रहेको र १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम रहेको कम्पनीले उल्लेख गरेको छ । यो जहाजले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलि जस्ता गन्तव्यस्थलहरुमा उडान गरी धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्नेछ ।
सो एयरलाइन्सले मध्यपूर्वी मुलुकमा आफ्नो उपस्थिति बढाउँदै गएको छ । एयरलाइन्सका अध्यक्ष झोउ इन्योङले सन् २०२० मा कम्पनीको सञ्चाल विस्तार र नयाँ रुटहरु सञ्चालन गर्ने रणनीतिअनुरुप जहाज थपिएको बताउनुभएको विज्ञप्तिमा जनाइएको छ ।उहाँले हिमालयलाई देश र मध्यपूर्वी क्षेत्रकै उत्कृष्ट एयरलाइन्सका रुपमा स्थापित गर्ने योजनाअनुरुप सन् २०२१ सम्म ए ३१९ का दुई जहाज थपिने बताउनुभयो ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ जहाजको प्रवेश संस्थाको जहाज थप गर्ने योजनामा एउटा कोशेढुङ्गा भएको बताउनुभयो । एयरलाइन्सले सन् २०१६ मे ३१ बाट ए ३२०–११४ सिरिजको १५८ सिट क्षमताको जहाजका साथ दोहा उडान गरेर आफ्नो हवाई यात्रा सुरु गरेको थियो । चार वर्षको अन्तरालमै एअरलाइन्सले ६ देशका १० वटा गन्तव्यस्थलमा आफ्नो सञ्जाल स्थापित गरिसकेको छ । एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुइयाङ, सेनजेन, बेइजिङ र चोङकिङमा उडान भर्दै आइरहेको छ । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन २०, २०७६


सम्बन्धित शीर्षकहरु

सर्वोच्चको फैसलाले २५ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाहरुको भविष्य संकटमा
आइतवार, माघ १३, २०८१-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
आज शहीद दिवस : विभिन्न कार्यक्रमको आयोजना..
बुधबार, माघ १६, २०८१