

-
पोखरा । पोखराका उद्योगी/व्यवसायीले सरकारको राजश्व तथा करनीति व्यवसायीमैत्री नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घ गण्डकी तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्तरूपमा आयोजित आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरिनुपर्ने कर तथा राजश्व नीति विषयक छलफलमा उद्योगी/व्यवसायीले राजश्व र करनीति व्यवसायीमैत्री हुनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले निजी क्षेत्रले दिएका सुझाव समेटेर कर तथा राजश्व नीति बनाउँदा राजश्व वृद्धि हुने उल्लेख गर्नुभयो । व्यवसायीलाई पेलेर मात्रै आर्थिक उन्नति सम्भव नहुनेमा उहाँको जोड थियो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले स्थानीय र प्रदेश सरकारको एकल अधिकारमा कर लगाइँदा त्यसले व्यावसायिक बन्दै गरेको कृषिलाई निरुत्साहित गर्नेतर्फ गम्भीर बन्न आग्रह गर्नुभयो ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले करको दायरामा आउने व्यवसायीले कानून नमान्नेसँग प्रतिस्पर्धा गर्दा घाटा व्यहोर्नुपरेको स्वीकार गर्नुभयो ।
छलफलमा लेखनाथ उद्योग वाणिज्य सङ्घका सदस्य विक्रम कर्माचार्य, रमानाथ पौडेल, पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कास्कीका अध्यक्ष मोहनप्रसाद सापकोटा, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्य, नवलपुर उद्योग वाणिज्य सङ्घका सदस्य राजेन्द्र गौतम, भिमाद उद्योग वाणिज्य सङ्घका अध्यक्ष हस्तबहादुर खड्का, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले राजश्व तथा कर नीति व्यवसायीमैत्री भएमा राजश्वमा वृद्धि आउने धारणा राखे । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन २०, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



