

-
अङ्कारा । ग्रिसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको समाचारमा जनाइएको छ । यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो । प्राप्त समाचारमा यसअघि करिब १० हजार जना आप्रवासीलाई टर्कीसँग जोडिएको ग्रिसको एक जमिनमा रोकिएको बताइएको थियो । जसका कारण ग्रिसका अधिकारीहरूले ती आवेदन नलिने जनाएका हुन् ।
ग्रिसका प्रधानमन्त्री किरियाकोस् मित्सोटाकिसले ग्रिसको सिमाक्षेत्रमा आवश्यक मात्रामा रोकावट गरिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– हाम्रो सीमातर्फ अनावश्यक रुपमा प्रवेश गर्न खोज्ने कुनै पनि देशका आप्रवासीलाई रोकेर राखिएको छ । टर्कीले पनि शरणार्थी आप्रवासीको भार थेग्न नसक्ने बताएको थियो । टर्कीले सिरियामा विगतका वर्षहरुदेखि जारी रहेको युद्धका कारण ठूलो संख्यामा नागरिक भागिरहेका आफूले थाहा पाएको भन्दै यति धेरै मानिसको भार आफ्नो देशले बहन गर्न सक्ने अवस्था नरहेको बताएको थियो ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले भने सिरिया छोडेर शरणका लागि हिँडेका आप्रवासीहरूलाई छिमेकी देशहरु तथा युरोपेली युनियनका सदस्य राष्ट्रमा जानका लागि अनुमति दिने बताउनुभएको थियो । गत शुक्रवार उहाँले ग्रिस र बुल्गेरियातिर जानका लागि अनुमति दिने घोषणा गर्नुभएको थियो । उत्तरी सिरियामा रहेका इद्लिब प्रान्तमा गत हप्ता भएको एक भिषण हवाई हमलामा परी करिब ३३ जना टर्किस सैनिक मारिएका थिए । त्यसपछि उहाँले सो घोषणा गर्नुभएको थियो ।
टर्कीमा ठूलो संख्यामा सिरियाका नागरिक शरणार्थीका रुपमा बसिरहेको बताइएको छ । पछिल्लो एक प्रतिवेदनका अनुसार टर्कीमा सिरियाका करिब ३७ लाख शरणार्थी रहेका बताइएको छ । टर्कीमा युरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थीहरु बस्ने गरेका बताइन्छ ।
उक्त देशमा तालिबान युद्धका कारण द्वन्द्वमा परेका अफगानिस्तानका नागरिक पनि आप्रवासीका रुपमा त्यहाँ पुगेका बताइएको छ । ग्रिसहुँदै अन्य युरोपेली देशहरुमा प्रवेश गर्न खोज्ने आप्रवासीहरुलाई ग्रीसले रोक्ने गरेको छ । प्रधानमन्त्री मित्सोटाकिसले शरणको मागका गर्दै दिइएका आवेदनहरुको कारबाही हाललाई अघि नबढाइने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री मित्सोटाकिसले गैरकानुनी रूपमा ग्रिस प्रवेश गर्न खोज्नेलाई रोक्ने र त्यहाँबाट फर्काइने चेतावनी पनि दिनुभएको छ । ग्रीसको सरकारले २४ घण्टामा झन्डै १० हजार आप्रवासीलाई ग्रिस प्रवेश गर्नबाट रोकिएको जनाएको छ । त्यसैगरी प्राप्त एक पछिल्लो समाचारअनुसार ग्रिस र टर्कीको सिमानामा आप्रवासी र सुरक्षाकर्मीबीच केही समययता झडपहरु पनि भएका छन् । यस विषयमा भने ग्रीस सरकारले केही बताएको छैन । ग्रिसका सुरक्षाकर्मीले आप्रवासीलाई रोक्न बल समेत प्रयोग गरेका सो समाचारमा जनाइएको छ ।
त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार ग्रिसका अधिकारीहरूले समुद्री मार्ग भएर पनि ग्रिसका केही भूभाग तथा विशेषगरी टापुहरूमा आप्रवासीहरू पुगेको बताइएको छ । रासस
News Desk 0 response सोमवार, फाल्गुन १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


