

-
हेटौँडा । नेपालमा कूल खेतीयोग्य जमीनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा नेपाल रहेको छ तर यस्तो अवस्थामा पनि उखु खेती फस्टाउन सकेको छैन ।
नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम जितपुरका अनुसार आव २०७४।०७५ मा नेपालमा ४३ लाख मेट्रिक टन उखु उत्पादन भएको थियो । सो वर्ष लगभग १३ लाख १५ हजारभन्दा बढी घर परिवार प्रत्यक्षरूपमा उखु खेतीमा संलग्न रहेको र हजारौँ श्रमिकले रोजगारी पाई जीविकोपार्जन गरिरहेको उखु बाली अनुसन्धान कार्यक्रमद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख छ । चिनी उद्योग र चिनीको बजारीकरणका कारण हजारौँ व्यक्ति र परिवारले प्रत्यक्षरूपमा रोजगारी पाएका छन ।
उखु खेतीको विकास गर्न सके चिनी उद्योगबाट निस्कने ‘बाइ प्रोडक्ट्स’मा आधारित मोलसेसबाट स्प्रीड मदिरा, प्रेसमबबाट जैविक मल, बोक्राबाट कागज, काडबोर्ड, रस उमाल्दा निस्कने रापबाट विद्युत् उत्पादन गर्न सकिने थुप्रै उद्योगहरुको एउटा शृङ्खला नै चल्नेसक्ने भएको हुनाले थप हजारौँ प्रत्यक्ष रोजगार र मुलुकमा रोजगार सिर्जना गर्नसक्ने तथा राजश्व प्राप्त गर्ने अवस्था रहेको छ । त्यस्तै मोलासेसबाट इथानोल उत्पादन गरी वैज्ञानिक मापदण्डअनुसार इन्धनमा मिसाउन सकिन्छ । इथानोलको प्रयोगबाट इन्धनको आयातमा केही मात्रामा भए पनि कटौती गरी विदेशी मुद्रा बचत गर्ने र वातावरणमा पनि अनुकूल सिर्जना गर्न सकिने सो अनुुसन्धान कार्यक्रमका प्राविधिक एवंं विज्ञहरु बताउनुहुन्छ । त्यस्तै रस उमाल्ने बोइलरबाट निस्किने बाफबाट मिल सञ्चालन हुने याममा सानो सानो क्षमताको विद्युत् उत्पादन हुँदै आएको छ ।
उपलब्ध तथ्याङ्कअनुसार सन् १९८६ देखि २०१७ सम्ममा उखुको क्षेत्रफल तीन गुणा र उत्पादकत्व आठ गुणाभन्दा अत्याधिकले बढेको बताइन्छ तर यस्तो अवस्थामा पनि नेपालमा उखु उत्पादनमा वृद्धि भए पनि क्षेत्रफल र उत्पादनमा उल्लेखनीय सुधार हुन नसकेको पाइएको छ ।
उखु उत्पादनको कमीले चिनी उद्योग र कृषक दुवैले खासै प्रगति गर्न सकेका छैनन् । बाली उत्पादन लागतमा वृद्धि तथा गुणस्तरीय उत्पादन नहुनाले कृषकको आय आर्जन बढ्न सकेको छैन । उत्पादित उखुबाट राम्रो परिमाणमा चिनी उत्पादन हुन नसकेकाले पनि चिनी मिलहरूले उखुको आवश्यक मूल्य दिन सकेका छैनन् ।
उखुको उत्पादकत्व वृद्धि नहुनाको पछाडि धेरै कारणहरु भए पनि उन्नत उखु खेती र प्रविधिमा कृषकले ध्यान नदिनु एक महत्वपूर्ण कारण देखिएको छ । त्यस्तै वैज्ञानिक र प्राविधिक ज्ञानको अभाव पनि छ । कृषकहरुमा कम लागतमा धेरै उत्पादन लिने विभिन्न प्रविधिहरुको बारे जानकारी नहुँदा उनीहरूले राम्रो उत्पादन र मुनाफा गर्न सकिरहेका छैनन् ।
बारा जिल्लाको जितपुरमा देशको एक मात्रै उखु अनुसन्धानसम्बन्धी कार्यालय राष्ट्रिय उखुबाली कार्यक्रम रहेको भए पनि कृषकहरुलाई यसबारे जानकारी नभएको त्यहाँका कर्मचारीहरूले बताएका छन् । अनुसन्धान कार्यक्रमबाट विकसित प्रविधिको जानकारी नभएको त्यहाँका वरिष्ठ प्राविधिक अधिकृत रामकृष्ण रजक भन्नुहुन्छ । यस अनुसन्धान कार्यक्रमले नेपाल सरकारको विनियोजित बजेट तथा कम वैज्ञानिक जनशक्ति भए पनि उखुको विभिन्न उन्नत जात, प्रविधि र रोगबारे अनुसन्धान गरिरहेको अनुसन्धान कार्यक्रम संयोजक तुफैल अख्तरले बताउनुभयो । उहाँका अनुसार सो कार्यालयमा प्राविधिक र वैज्ञानिक जनशतिmको अभाव रहेको छ ।
कलैयाका उखु किसान रामनारायण यादवले सरकारबाट प्राप्त हुनुपर्ने मलखाद र तालीम नभएको तथा चिनी उद्योगले समयमा भुक्तानी नदिँदा साहुको ऋणमा किसान डुबिरहनु परेको गुनासो गर्नुहुन्छ । उता सुनसरीको इष्टर्न सुगर मिलका क्यान अफिसर सुरेश मेहेताले चिनी मिलको आवश्यकताअनुसार उख उत्पादन नभएकाले उखु खेतीमा राज्यले समेत लगानी गर्नुपर्नेमा जोड दिनुहुन्छ । रासस
News Desk 0 response सोमवार, फाल्गुन १९, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



