

-
तुलसीपुर । सडक विस्तार हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति मार्ग टोलका बासिन्दाले आफैँ घर भत्काउन थालेका छन् । तुलसीपुर विकास प्राधिकरणले सडक विस्तार गर्न शुरु गरेपछि सोही टोलका बासिन्दाले आफँै घर भत्काउन थालेका हुन् । प्राधिकरणले सो क्षेत्रमा सडक कालोपत्र गर्नका लागि ज्ञानज्योति मार्गमा ३०० मिटर सडक विस्तार गर्न लागेको वडाध्यक्ष नवराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार ५० वटा घर भत्काइएको छ । “विकास प्राधिकरणअन्तर्गत वडा नं ६ को त्यस क्षेत्रमा सडक विस्तार गर्ने योजना थियो”, उहाँले भन्नुभयो, “सोहीअनुसार त्यहाँका बासिन्दाले आफ्नै सक्रियतामा घर भत्काउन थालिएको छ ।”
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले विकास प्राधिकरणको काम अघि बढाएको छ । प्राधिकरणअन्तर्गत अहिले सडक ग्राभेलको कामलाई तीव्रताका साथ अघि बढाएको हो । उपमहानगरपालिकाले यस वर्ष ५७ किलोमिटर सडक कालोपत्र गर्ने कामलाई अघि बढाएको छ । अहिलेसम्म तुलसीपुरका १२ वटा वडामा ग्राभेलको काम पूरा भइसकेको छ, भने सात वटा वडामा ग्राभेलको काम भइरहेको इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, ३, ६, ८, ९, १२, १४, १५, १६, १७, १८ मा ग्राबेलको काम पूरा भइसकेको छ । तुलसीपुर उपमहानगरपालिका– १ मा वडा कार्यालय अगाडिको बाटो र मनकामना मन्दिर (देव स्थान) जाने बाटो, वडा नं. २ को खैरीपुर, मनिकापुरलगायत ठाउँमा, वडा नं. ३ को भट्टे, दमारगाउँ, राणागाउँ, वडा नं. ६ को ६ स्थान, वडा नं. १४ को लुहाडबरा, वडा नं. १५ को ढमक्कापुर र वडा नं. ८ तथा १६ मा ग्राबेलको काम सम्पन्न भएको छ ।
यसैगरी वडा नं ४, ५, ७, १०, १९, ११ र १३ मा अहिले ग्राबेलको काम जारी रहेको छ । बाँकी वडामा पनि अबको केही समयमा काम पूरा हुने बताइएको छ । ग्राभेलको काम पूरा भएसँगै कालोपत्र गर्ने काम शुरु हुने उहाँको भनाइ छ । प्र्राधिकरणले प्रत्येक वडामा तीन÷तीन किलोमिटरको दरले कालोपत्र गर्ने भएको छ ।
रु २२ करोडको लागतमा प्राधिकरणले कालोपत्रलगायतको काम गरिरहेको छ । जसअन्र्तगत इक्युप्मेन्ट खरिदका लागि रु पाँच करोड बजेट छुटाइएको योगीले बताउनुभयो । इक्युप्मेन्टअन्तर्गत स्काभेटर, हप्मिक्स, पलान्ट, ग्रेडर, रोलर र बिटुमेन स्पेड्रर खरिद गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेको छ ।
त्यस्तै, स्काभेटर खरिदका लागि कन्टिन्मेटन ट्रेडिङ इन्टरप्राइजरले जिम्मा लिएको छ, भने उक्त सामग्री खरिद गर्नका लागि रु एक करोड ३१ लाख ५० हजार बजेट छुट्याइएको छ । त्यस्तै, हप्मिक्स पलान्ट र ग्रेडरको जिम्मा वल्र्ड वाइड ट्रेडिङ कम्पनी प्रालिले पाएको छ । जसअन्र्तगत हप्मिक्स पलान्टको लागि रु ५० लाख ५० हजार बजेट छुट्याइएको छ भने ग्रेडरका लागि रु एक करोड ४९ लाख ७० हजार बजेट छुट्याइएको छ ।
त्यस्तै, रोलर खरिदका लागि रु ३४ लाख ९९ हजार बजेट छुट्याइएको छ भने यसको जिम्मा जग्दम्बा कन्ट्रक्सन सोलुसन प्रालिले लिएको छ । बिटुमेन स्प्रेड्रर खरिदका लागि रु ६३ लाख ७० हजार बजेट छुट्याइएको छ, भने यसको खरिदका लागि स्यानो इन्टरनेसनल प्रालिले जिम्मा लिएको छ । तुलसीपुरका ठूला विकास पूर्वाधारका काम गर्नका लागि प्राधिकरण गठन गरिएको हो । प्राधिकरणले कामलाई धमाधम अघि बढाएको छ । रासस
News Desk 0 response सोमवार, फाल्गुन १९, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



