

-
सिञ्जा । जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाउनुभयो । उहाँको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६०० बिरुवा बाहिरियो । उहाँसँग स्याउका बिरुवाको माग अत्यधिक छ । गोडमेल गरेपछि अर्को चरणमा बिरुवा पठाउने तयारीमा रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्याउको दाना बेचेर मात्र जुम्लाले रुपैयाँ कमाउँदैन, स्याउका बिरुवा बेचेर पनि करोडौँ रकम भित्र्याउँछन् ।
चन्दननाथ नगरपालिकाका नरबहादुर रावतले यहाँ उत्पादित स्याउका बिरुवा देशैभर पुग्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “किसानले गुणस्तरीय बिरुवा उत्पादन गर्नुपर्छ । सबै बिरुवा बिक्री भइहाल्छ । किसानलाई स्याउका बिरुवा खेर गयो भनेर पछुताउनुपर्ने हुँदैन ।” जुम्लाको १४औँ जिल्ला परिषद्ले ‘एक घर एक स्याउ बगैँचा’को अवधारणा ल्याएदेखि नै उहाँले स्याउको बिरुवा उमार्न थाल्नुभएको हो । उहाँले भन्नुभयो, “पहिले जिल्लाभित्रै स्याउका बिरुवा खपत हुन्थे । अहिले सडक सञ्जालले जोडिएपछि पूर्वको सोलुखुम्बुदेखि पश्चिमको दार्चुलासम्म यहाँका स्याउका बिरुवा पुग्ने गरेका छन् ।” उहाँको नर्सरीबाट यस वर्ष ८०० स्याउका बिरुवा अन्य जिल्लामा पुर्याइएको छ ।
बुढा र रावत उदाहरण मात्र हुनुहुन्छ । उहाँजस्ता स्याउ किसानले जुम्लामा ११० नर्सरी दर्ता गरेका छन् । जुम्लामा उत्पादित बिरुवाको माग जिल्ला बाहिर बढी छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा भन्नुहुन्छ, “यस वर्ष जिल्लामा छ लाख स्याउका बिरुवा उत्पादन भएको थियो । नर्सरी बारीमै प्रतिबिरुवाको मूल्य रु ४० कायम गरिएको छ । यस वर्ष झण्डै रु दुई करोड ४० लाख बराबरको स्याउको बिरुवा बिक्री भयो ।” कृषि प्रमुख देवकोटाका अनुसार कूल उत्पादनको २० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ । असी प्रतिशत उत्पादनको बजार जिल्ला बाहिर नै हो । “जुम्ला डेलिसियस’ जातको स्याउका बिरुवाको राष्ट्रिय स्रोत केन्द्रका रूपमा स्थापित भइसकेको उहाँ बताउनुहुन्छ ।
स्याउका बिरुवाको माग बझाङ, बाजुरा, सोलुखुम्बु, रसुवा, डोल्पा, मुगु, हुम्ला, कालीकोटलगायत जिल्लामा बढी छ । व्यापारीले नर्सरीमै पुगेर बिरुवा खरीद गरिरहेका छन् । दुई वर्षअघि रु २५ मा बिक्री हुने गरेको प्रतिबिरुवाको मूल्य अहिले रु ४० पुगेको छ । यहाँका एक नगरपालिकासहित सात गाउँपालिकाले फलफूल खेतीलाई प्राथमिकतामा राखेका छन् । फलफूलमा स्याउखेती सबैको प्राथमिकता हो । किसानलाई अनुदानमा बिरुवा वितरण गर्ने र हुर्काउन अनुदान दिने काम स्थानीय तहले गर्दै आएका छन् । तातोपानी गाउँपालिकाले प्रतिबिरुवा हुर्काउन वार्षिक रु १०० वितरण गरिरहेको छ । स्याउखेतीमा स्थानीयवासीको आकर्षण बढ्दै गएपछि स्याउ उत्पादन हुने क्षेत्रफल बढ्दै गइरहेको कृषि प्राविधिक बताउँछन् ।
पाँच वर्षका अवधिमा जुम्लामा करीब सात लाख स्याउको बिरुवा उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्क छ । जुम्ली किसानले स्याउसँगै नर्सरीबाट पनि आम्दानी गरिहेका छन् । जुम्लाका आठै स्थानीय तहमा स्याउखेतीको सम्भावना राम्रो छ । जिल्लाका झण्डै १६ हजारभन्दा बढी घरधुरी स्याउखेतीमा निर्भर छन् । यतिबेला किसानले स्याउ बगैँचा व्यवस्थापनको काम सकाएका छन् । बोटको कोपिला पलाउने र फुल्ने मौसम शुरु हुन थालेपछि किसानले बगैँचा व्यवस्थापनलाई जोड दिएका थिए । “राम्रो काँटछाँट नभए स्याउले उत्पादन राम्रो दिँदैनन”’, स्याउ किसान जीवनबहादुर खत्रीले भन्नुभयो, “स्याउलाई गुणस्तरीय बनाउन आवश्यक मलखाद्य र व्यवस्थापनको जरुरी छ । यसका लागि यहाँका किसान लागिपरेका छन् ।”
हिउँका डल्ला हिउँ पोखरीमा सङ्कलन गर्ने, स्याउ बिरुवाको वरिपरि राख्ने, कोलिया बनाउने, घेरबार गर्ने, कलमी गर्ने, गोडमेल गर्ने, बोडो पेष्ट लगाउने काम स्याउ किसानले गरिसकेका छन् । रासस
News Desk 0 response आइतवार, फाल्गुन १८, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



