

-
भक्तपुर । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले ‘हाम्रो सम्पदा, हाम्रो पहिचान’ भन्ने नाराका साथ पहिलोपटक ‘सम्पदा पदयात्रा २०२०’ को आयोजना गरिने भएको छ ।
नगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको सहकार्यमा मध्यपुरथिमिमा सञ्चालित ओस्ला नेपालले आगामी चैत १ गते सम्पदा पदयात्राको आयोजना गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । ओझेलमा परेको मध्यपुरथिमिभित्रका पर्यटकीय गन्तव्य र यहाँका उत्कृष्ट सम्पदाको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको पदयात्रा शङ्खधर चोकबाट शुरु भई विभिन्न सम्पदाको भ्रमण गर्दै नीलबाराहीमा पुगेर सम्पन्न हुने उहाँले बताउनुभयो ।
पदयात्रा शङ्खधर चोकबाट शुरु भई तछ्टोल, विष्णुवीर, बालकुमारी, वामुने टोल, लाछी टोल, लोकेश्वर मन्दिर, दथुटोल, लायकु, सिवाटोल, दुई पोखरी, इनाय टोल, इन्द्रायणी, दिगुटोल ताहानानी, चोडे, महालक्ष्मीस्थान, भुँलाखेल, हात्तीमहाँकाल, सिद्धिकाली, कुमाननी, चपाचो गणेश, सोङ्गा पुखु, पाटी विहार, बहाखाबजार, गार्चा चोक, द्यों छे नगदेश सिद्धि गणेश, बुद्ध विहार, कमल पोखरी, कालिका मन्दिर, महालक्ष्मी, खांसी बाराही देवु, टिगनीहुदै निलबाराही मन्दिर पुगेर समापन हुनेछ ।
नगर प्रम्ख श्रेष्ठले भन्नुभयो, “मध्यपुरथिमिमा पहिलोपटक सम्पदा पदयात्राको आयोजना हुन लागेको हो, भक्तपुर आउने पर्यटकलाई एक पटक मध्यपुरथिमिभित्रको सम्पदाको पनि अवलोकन गर्नुपर्छ भन्ने सन्देश दिने उद्देश्य हाम्रो हो, यो सम्पदा पदयात्राले आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यपुरथिमिमा आकर्षिक गर्न टेवा पुग्नेछ ।”
हजारौँ वर्ष अगाडिदेखिका ऐतिहासिक, धार्मिक एवं कलात्मक सम्पदा यस नगरपालिकामा रहे पनि भक्तपुर जाने पर्यटक यहीँबाट जाँदा पनि यहाँको पर्यटकीय गन्तव्यको बेवास्ता गर्ने गरेका बताउँदै उहाँले उपत्यकाका १८ नगरपालिकामध्ये मध्यपुरथिमिका सम्पदा, कला, संस्कृति संरक्षण र सम्वद्र्धनमा अघि रहेको जिकिर गर्नुभयो ।
उहाँले मध्यपुरथिमिलाई पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गर्न सरकारसँग आग्रह गर्दै सम्पदा पदयात्राले त्यसमा पनि सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सम्पदा पदयात्राका बारेमा बोल्दै ओस्ला नेपालका अध्यक्ष रोशन बज्राचार्यले मध्यपुरथिमिका सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय गन्तव्य स्थानको पहिचान गराउने विभिन्न निकायको सहभागितामा सम्पदा पदयात्रा कार्यक्रम गरिने जानकारी दिनुभयो ।
पदयात्रामा नेपाल पर्यटन बोर्ड नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय, होटल एशोसिएशन (हान)को पहलमा विदेशी पाहुना, स्वदेशी तथा विदेशी पर्यटक, विभिन्न सङ्घसंस्था, स्थानीय समुदाय, सञ्चारकर्मीसमेतको सहभागिता गराउने,सांस्कृतिक झाँकीसहित पदयात्राको आयोजना गरिने भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमका लागि करिब रु सात लाख लाग्ने अनुमान गरिएकामा रु पाँच लाख ५० हजार नगरपालिकाले सहयोग गर्ने भएको ओस्ला नेपालका सचिव एवं पदयात्रा कार्यक्रमका संयोजक राजेश श्रेष्ठले जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, फाल्गुन १८, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



