

-
काठमाडौँ । निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन ।
टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी सेवा प्रदायकलाई समेट्ने विषयमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सो विषयमा मन्त्रालयमा अहिले छलफल भइरहेको प्रवक्ता सरोजकुमार प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नै यसरी गर्ने भनी निर्णय भने भइसकेको छैन ।” यातायात व्यवस्था ऐन, २०४८ मा निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने नियम रहेको छ । यात्रुको सुरक्षाको समेत विषय भएको भन्दै सरकारले यसअघि सेवा अवरुद्ध गर्ने निर्णय गरे पनि जनगुनासोका आधारमा हालकै अवस्थामा चल्न दिने निर्णय भएको थियो ।
विभागले तीन महिना पहिले सूचना जारी गरी निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था ऐनमा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले विभागलाई कार्यविधि÷निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिनुभएको थियो । गत वर्ष पनि विभागले सेवा अवरुद्ध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिनुभएको थियो । रासस
News Desk 0 response आइतवार, फाल्गुन १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२