

-
काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ । अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ । समितिका अध्यक्ष राजेश शाक्यलले यसअघि ल्याइएको काठले काम भइरहेको जानकारी दिनुभयो ।
आठ हजार क्युफिट काठ धनगढीबाट गत पुस १५ सम्ममा ल्याइने भनिएतापनि हालसम्म ल्याउन नसकिएको जनाइएको छ । छानाका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्दछ । फागुनभित्र पनि काठ ल्याउन नसके पुनःनिर्माणको काम रोकिने बताइएको छ । निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोका बुट्टा कुद्ने काम भइरहेको उहाँले बताउनुभयो ।हालसम्म ५६ प्रतिशत काम सम्पन्न भएको छ । “अहिले मुख्य चार थाम राखी बीचमा गारो लगाउने काम सकिएको छ”, अध्यक्ष शाक्यले भन्नुभयो । दैनिक ३० कामदारले नियमित काम गरिरहेका छन् ।
ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवतरूपमा सो सम्पदाको पुनःनिर्माण शुरु गरिएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ ।
उक्त सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन १६, २०७६


सम्बन्धित शीर्षकहरु
-
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
जापान आठौंपल्ट विश्वकपमा छनोट
शुक्रबार, चैत्र ७, २०८१ -
अमेरिकामा सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१
-
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१