

-
दमौली । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले पशुपक्षी तथा मस्त्य मोडल फार्म छनोट गरेको छ । केन्द्रले आफ्नो कार्यक्षेत्र रहेको तनहुँ र नवलपुरमा कार्यक्रम सञ्चालनका लागि १०९ मोडल फार्म छनोट गरेको हो । पशुपक्षी तथा मत्स्य मोडल फार्मसम्बन्धी निर्देशिका २०७५ तथा दोस्रो संशोधन २०७६ बमोजिम गठित मूल्याङ्कन समितिमा परेको आवेदनका आधारमा ती फार्म छनोट गरेको विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सञ्चालनका लागि तनहुँका ६६ र नवलपुरका ४३ फार्म छनोट गरेको छ ।
साना किसान तथा पशुपक्षी तथा मत्स्य मोडल फार्म कार्यक्रमका लागि विज्ञ केन्द्रले गत साउन १५ गते आवेदन आह्वान गरेको थियो । सो सूचनाअनुसार तनहुँबाट ३२९ र नवलपुरबाट ३०५ कृषकले आवेदन पेश गरेका थिए । कार्यक्रमअन्तर्गत गाईपालन, बाख्रापालन, बङ्गुरपालन, कुखुरापालन, माछापालन गरिरहेका कृषकलाई अनुदान प्रदान गरिनेछ । अनुदानका लागि कृषकले गाईभैँसीतर्फ न्यूनतम १०, बाख्रातर्फ ३८, बङ्गुरतर्फ ३०, लेयर्स कुखुरातर्फ एक हजार, ब्रोइलर कुखुरातर्फ तीन हजार पालेको हुनुपर्ने र माछाका लागि १० रोपनी क्षेत्रफल भएको हुनुपर्ने मापदण्ड रहेको छ ।
यस कार्यक्रमका लागि विज्ञ केन्द्रले गाईभैंसीतर्फ रु दुई लाख ५० हजार, बाख्रा, कुखुरातर्फ रु दुई लाख, लोकल कुखुरातर्फ रु एक लाख ५० हजार र माछातर्फ रु एक लाख अनुदान दिने प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । विज्ञ केन्द्रले दिने अनुदान बराबरको रकम स्वयं कृषकले बेहोर्नुपर्नेछ । “विज्ञ केन्द्रले प्रदान गर्ने अनुदान रकम बराबर नै कृषकले लागत सहभागिता गर्नुपर्ने र पशुको सङ्ख्या बढाउनुपर्ने मापदण्ड रहेको छ”, उहाँले भन्नुभयो ।
विज्ञ केन्द्रले तनहुँको व्यास, शुक्लागण्डकी, भीमाद, भानु, बन्दीपुर, आँबुखैरेनी, ऋषिङ, देवघाट, म्याग्दे, घिरिङ र नवलपुरको गैँडाकोट, बौदीकाली, कावासोती, मध्यविन्दु, विनयीत्रिवेणी, देवचुली, बुलिङटार, हुप्सेकोटलगायतका ठाउँका फार्म छनोट गरेको जनाएको छ । मोडल फार्म परियोजना कार्यक्रमप्रति कृषक आशावादी र उत्साहित देखिएका छन् । यो कार्यक्रमले व्यावसायिक पशुपालनमा उल्लेख्य वृद्धि भएकाले स्वरोजगार सिर्जना भएको विश्वास गरिएको छ । मोडल फार्म भन्नाले कम्तीमा पाँच रोपनी जमिन भएको उन्नत प्रविधियुक्त कृषि फार्म जसको आम्दानीले कम्तीमा पनि परिवारलाई आत्मनिर्भर बनाउने गरी व्यावसायिकरूपमा कृषि तथा पशुपक्षीजन्य उत्पादनका लागि स्थापना गरिएको फार्म हुनुपर्ने विज्ञ केन्द्रले जनाएको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन १६, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



