

-
पोखरा । माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकले गण्डकी प्रदेश क्लबस्तरीय खुला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ ।
प्रतियोगितामा कूल रु नौ लाख ८८ हजार ५३२ आम्दानी भइ र सञ्चालन खर्च कटाएर रु १७ हजार २१५ बचत भएको कार्यक्रम संयोजक राजेन्द्र गौतमले जानकारी दिनुभयो । प्रतियोगिताबाट बचत भएकाको १० प्रतिशत मिर्गौलापीडित हरिलाल परियारलाई सहयोग गरेको क्लबले जनाएको छ । प्रतियोगिताका विजेतालाई रु एक लाख ५५ हजार ५५५, उपविजेतालाई रु ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
‘राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकूद’ भन्ने नाराका साथ गत माघ १ गतेदेखि ६ गतेसम्म यहाँ प्रतियोगिता सम्न्न भएकोे थियो । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ का अध्यक्ष पूर्णबहादुर शाहीले गाउँपालिकामा स्तरीय खेलमैदान बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य रामचन्द्र अधिकारीले दक्ष खेलाडी तयार गर्ने गरी क्रियाशील बन्न आग्रह गर्नुभयो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



