

-
काठमाडौँ । सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग)का पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि प्रस्तावित पुरस्कार अनुमोदन गरेको छ ।
सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा सागका पदक विजेतालाई पुरस्कार दिन युवा तथा खेलकूद मन्त्रालयले गरेको खेलकूद पुरस्कार तथा सम्मान कार्यविधिको पहिलो संशोधनको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी गराउनुभएको हो । यससँगै सागका पदक विजेता खेलाडीलाई घोषित पुरस्कार प्रदान गर्न बाटो खुलेको छ ।
संशोधित कार्यविधिअनुसार सागका स्वर्ण विजेतालाई रु नौ लाख, रजत विजेतालाई रु छ लाख र कास्य विजेतालाई रु तीन लाख पुरस्कार दिने उल्लेख छ । एउटाभन्दा बढी स्वर्ण जित्नेले प्रति स्वर्ण रु ११ लाख पाउनेछन् । सो पुरस्कारबाट चार स्वर्ण जितेकी गौरिका सिंह र दुई स्वर्ण विजेता आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ लाभान्वित हुनेछन् ।
यस्तै सामूहिक खेलमा स्वर्ण विजेतालाई जनही रु पाँच लाख, रजत विजेतालाई रु तीन लाख, कास्य जित्नेलाई रु दुई लाख तथा स्वर्ण जितेको खेलका प्रशिक्षकलाई रु पाँच लाख पुस्कार दिने व्यवस्था गरिएको छ । गत मङ्सिर तेस्रो साता नेपालमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो । साग सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गर्नुभएको थियो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



