

-
जाजरकोट । कर्णाली प्रदेश सरकारले लिएको उद्देश्य पूरा गर्न जाजरकोटका स्थानीय तह जुटेका छन् । अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको योजनालाई सफल पार्न यहाँका स्थानीय तहले विभिन्न क्रियाकलाप गर्दै कामलाई तीव्रता दिएका छन् । जिल्लाको शिवालय र कुशे गाउँपालिकाले यो अभियानलाई तीव्र बनाउँदै कृषकलाई तालिम दिन शुरु गरेका छन् । अध्यक्ष कृषि प्राविधिमैत्री कार्यक्रम लागू गरेर शिवालय गाउँपालिकाले अर्गानिक उत्पादनलाई जोड दिएको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो ।
गाउँपालिकाका अगुवा कृषकलाई तालीम दिएर गाउँपालिकाले अर्गानिक उत्पादनका साथै जैविक विषादी उत्पादन र रसायनिक विषादी निषेधको काम थालनी गरेको छ । स्थानीय जातका तितो, टर्रो जातका झारपातबाट जैविक विषादी निर्माण गरी अर्गानिक उत्पादन गर्न लागिएको शिवालय गाउँपालिका कृषि शाखाका प्रमुख विश्वमित्र शर्माले जानकारी दिनुभयो ।
जैविक विषादी बढी उत्पादन गर्ने कृषकले प्रतिबोतल रु १५ का दरले बिक्री वितरण गर्ने अभियान चालेको उहाँले बताउनुभयो । पहिलो चरणमा ७५ अगुवा कृषकलाई जैविक विषादी निर्माणको सीप सिकाइको छ । त्यस्तै टिमुरखेतीसम्बन्धी तालीम कृषकलाई दिइएको छ । यो आर्थिक वर्षमा सानो बजेटबाट शुरु गरिएको कार्यक्रमको प्रभावकारिता हेरेर अर्को वर्ष बजेट थपघटको बाटो अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।
त्यस्तै ‘एक घर, एक करेसाबारी’ कार्यक्रम शुरु गरिएको छ । आफ्नै बारीमा तरकारी उत्पादन गरी अर्गानिक स्वाद लिन यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । कृषकलाई बेमौसमी तरकारी बालीको बीउबिजन वितरण गरिएको छ । चैत महिनाभित्र यहाँका सबै कृषकको खेतबारीको माटो जाँच गर्न लागिएको छ ।
उत्पादन वृद्धि गरी अर्थोपार्जन गर्न सहज होस् भनी गाउँपालिकाले माटो जाँच गर्न लागेको हो । त्यस्तै कुशे गाउँपालिकाले अर्गानिक गाउँपालिका घोषणा गर्न विषादी प्रतिबन्ध लगाएर काम थालनी गरेको छ । कृषकलाई तालिमदेखि उन्नत जातको बीउ वितरण गरिएको कृषि शाखाका धीरेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १५, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



