

-
फागुन । सिन्धुपाल्चोकमा क्रियाशील बैंकहरु पुनःनिर्माणअन्तर्गत रु तीन लाख ऋण भूकम्पपीडित नागरिकलाई दिनका लागि तयार भएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत भएको बैंक तथा सरोकारवालासँगको छलफलमा उपस्थित बैंकहरुले कार्यविधिमा उल्लेख भएबमोजिम पहिलो किस्ता लिएका तर दोस्रो किस्ता नलिएका लाभग्राहीलाई बैंकमार्फत रु तीन लाख ऋण उपलब्ध गराउन सकिने नेपाल बैंक चौतारा शाखाका प्रबन्धक समिक दाहालले बताउनुभयो । यसैगरी कृषि विकास बैंक चौताराका प्रमुख भूमिराज न्यौपानेले पुनःनिर्माण मात्रै होइन, सरकारले सहुलियत कर्जाको शीर्षकमा समेटेका सबै ऋण मापदण्ड पु¥याएर आएमा दिन सकिने भन्दै बैंकमा सम्पर्क राख्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख लक्ष्मणकुमार सेठले विगतमा एउटा पनि भूकम्पपीडित नागरिकले ऋण नपाउनु दुःखद् भएको भन्दै लाभग्राहीलाई यो सेवा उपयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले यस्तो ऋण हालसम्म प्रदान गर्न नसक्नुमा बैंकहरु जिम्मेवार रहेकाले आगामी दिनमा सच्चिन आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत कूल मुनाफाको एक प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने प्रावधानबारे पनि छलफल भएको थियो । छलफलमा यसरी गरिने खर्चलाई कसरी भूकम्पपीडित नागरिकसम्म पु¥याउन सकिन्छ भनेर छलफल गरिएको थियो । सोही क्रममा नेपाल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सिपातीनघरे संस्कृत माध्यामिक विद्यालयमा रु ५२ लाखको चारकोठे विद्यालय भवन निर्माण गरेको प्रबन्धक दाहालले बताउनुभयो । त्यस्तै कृषि विकास बैंकले भने चौतारा साँगाचोकगढी नगरपालिका–१० मा रहेको भीमसेन माविमा सहयोग गरेको, रामेश्वरी आधारभूत विद्यालयमा कम्प्युटर, प्रिन्टरजस्ता सामग्री वितरण गरेको र बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्यअनुरुप एक हजार जनाको खाता खोली बैंकको तर्फबाट रु १०० खातामा जम्मा गरिएको शाखा प्रमुख भूमिराज न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले पुनःनिर्माण कर्जा कार्यविधिले तोकेबमोजिम गर्नका लागि बैंकले भूकम्पपीडितलाई प्रदान गर्नुको विकल्प नरहेकाले आलटाल नगर्न सम्पूर्ण बैंकहरुलाई आग्रह गर्नुभएको थियो । त्यस्तै सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गर्ने खर्च तथा कार्यलाई एकीकृत तथा समन्वयात्मक ढङ्गले अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । रासस
News Desk 0 response बुधबार, फाल्गुन १४, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



