

-
कैलाली । धनगढीमा यही फागुन १४ देखि २० गतेसम्म सञ्चालन हुने ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा हुने खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष कमल बमले जानकारी दिनुभयो ।
सुदूरपश्चिमका सम्पूर्ण जिल्लाका परम्परागत खानाका परिकार, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकार र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारलाई उनीहरुकै वेषभूषा, संस्कार र संस्कृति झल्किने गरी महोत्सवमा खुवाउने तयारी गरिएको अध्यक्ष बमको भनाइ छ ।
“सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका परम्परागत खानाका परिकार पस्किने तयारी गरेका छौँ”, अध्यक्ष बमले भन्नुभयो, “संस्कार र संस्कृति जोगाउनका लागि यो प्रयास गरिएको हो, स्थानीय खानाका मीठा परिकारमा गतानी डुब्का, रोटी, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभातलगायत मुख्य छन् ।”
महोत्सवमा २८ प्रदर्शनीकक्षमा स्थानीय परिकार मात्र रहनुका साथै एक हजार लिटरको भाडामा फाणो पकाउने तयारीसमेत गरिएको बताइएको छ । परम्परागत खानपानका परिकार स्वास्थका लागि लाभदायक, जैविक तथा विषादीरहित छन् भनेर प्रचारप्रसार गर्नु, स्थानीयस्तरमा उत्पादित जैविक खाद्यवस्तुलाई उपभोग गर्ने बानीको विकास गर्नु र नयाँपुस्तालाई मौलिक खानाका परिकारको विषयमा जानकारी गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताइएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको ‘विश्व नेपाली साहित्य महोत्सव’सँग सहकार्य गरेर आयोजना गर्न लागिएको खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गर्ने तयारी गरिएको छ । एक सातासम्म चल्ने महोत्सवमा प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ ।
महोत्सवको मुख्य प्रयोजक जाउलाखेल ग्रुप अफ इण्डष्ट्रिज रहेको छ । त्यसैगरी प्रायोजकका रूपमा ओम ट्रेड डिपार्टमेन्टल स्टोर, होटल जलसा प्रालि, होटल सनलाइट प्रालि, आफ्नो घर टेम्पल रिसोर्ट प्रालि छन् । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुका साथै ‘पर्यटन भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ । महोत्सवको उद्घाटन विभिन्न जातजातिका पञ्चकन्याबाट गरिने बताइएको छ । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन १३, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३



