

-
काठमाडौँ । आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको छ । आइतबार ७० अङ्कले बढेको नेप्से आज दुई अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज १.९६ ले घटेर एक हजार ५०२.१८ भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.४९ ले बढेर ३१८ मा पुगेको छ ।
नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने तीन अर्ब माथि रहेको छ । कूल १७९ कम्पनीको कूल ८३ लाख ४८ हजार २३४ कित्ता शेयर रु तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार २७८ बराबरको कारोवार भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ । बैंकिङ ४.७६, उत्पादन २३.३९ र अन्य उपसमूह ९.०४ ले बढ्दा व्यापार १५.४२, होटल २२.६५, विकास बैंक १६.३२, जलविद्युत् ११.५८, वित्त २.३९, निर्जीवन बीमा २२०.८८, लघुवित्त ३२.०३, जीवन बीमा ४.७३ र सामूहिक लगानी कोष ०.०४ ले घटेको छ ।
कारोवारका आधारमा आज एनएमबी शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २० करोड ४३ लाख ३४ हजार ७३ बराबरको कारोवार भएको छ । यस्तै शिवम् सिमेन्ट रु १३ करोड पाँच लाख दुई हजार ७१३, शिखर इन्स्योरेन्स कम्पनी रु १२ करोड २४ लाख ४२ हजार ७१४, प्रिमियर इन्स्योरेन्स कम्पनी रु ११ करोड ८६ लाख ८६ हजार ६४२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ६४ लाख ६२ हजार ५९०, एनआइसी एशिया बैंक रु १० करोड ४४ लाख २० हजार ८०९ र हिमालयन डिस्टिलरी रु १० करोड २२ लाख चार हजार ८९७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १०, मञ्जुश्री फाइनान्स ९.५७, युनियन हाइड्रोपावर ९.३८, आरएसडिसी लघुवित्त ६.७५, नेपाल हाइड्रो ६.२५, एनएमबी बैंक ४.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकका शेयरधनीले ३.८८ प्रतिशतले कमाए । त्यस्तै गुह्यश्वरी मर्चेन्ट बैंक ७.५३, प्रिमियर इन्स्योरेन्स ७.१५, पु्रडेन्सियल इन्स्योरेन्स ६.१९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ५.३१, सिभिल लघुवित्त वित्तीय संस्था ४.७४ र पोखरा फाइनान्सका शेयरधनीले ४.६५ प्रतिशतले गुमाए । रासस
News Desk 0 response सोमवार, फाल्गुन १२, २०७६


सम्बन्धित शीर्षकहरु
-
गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा..
सोमवार, असार ३०, २०८२ -
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२
-
गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा..
सोमवार, असार ३०, २०८२ -
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२