-
दमौली । तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले यही फागुन १ गतेदेखि सबै वडामा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
नगरपालिकालाई वातावरणमैत्री बनाउने उद्देश्यले प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाले सात वर्षअगाडि कालो प्लास्टिकमुक्त नगर घोषणा गरिसकेको छ । कम्पनीबाट नै सामान प्याकिङ भएर आउने प्लास्टिकलाई तत्काल प्रतिबन्ध लगाउन सक्ने अवस्था नभए पनि बजार क्षेत्रमा खरिद गर्ने सामान राख्न प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउने गरी नगरपालिकाले गत वर्षको परिषद्बाट नै निर्णय गरेको र सोही निर्णयलाई कार्यान्वयनमा ल्याइएको नगरपालिकाका सरसफाइ उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गानाले जानकारी दिनुभयो ।
प्लास्टिक झोला निषेधको पूर्वतयारीअन्तर्गत गत मङ्सिरमा नगरपालिकाका १४ वटै वडाका २८ जनालाई कागज र कपडाको झोला बनाउने तालीम प्रदान गरिएको थियो । तालीमका सहभागीले कागज र कपडाको झोला बनाएर बिक्रीका लागि राखिसकेका हुँदा तत्काल प्लास्टिकको झोलाको विकल्प तयार भएको ढुङ्गानाले बताउनुभयो । विशेषगरी मासु र तरकारी खरिदका क्रममा प्लास्टिकको झोला बढी प्रयोग हुने हुँदा सम्बन्धित व्यवसायीलाई पनि त्यसको विकल्प खोज्न आग्रह गरिएको छ ।
मासु खरिदमा तीन वटासम्म प्लास्टिकका झोला प्रयोग भएको अनुगमनमा देखिएकाले अब मासु खरिदमा कागजको झोला प्रयोग गर्न व्यवसायीलाई नगरपालिकाले जनाएको छ । मासु व्यवसायी समितिका सचिव गणेश बास्तोलाले प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउँदा उपभोक्तालाई थप भार पर्ने बताउनुभयो । व्यवसायीले नै कागज वा कपडाको झोलामा मासु वा तरकारी दिन नसकिने हुँदा त्यस्तो झोला सम्बन्धित उपभोक्ताले नै ल्याउनुपर्ने उहाँको भनाइ छ । रासस
News Desk 0 response शनिबार, फाल्गुन १०, २०७६
सम्बन्धित शीर्षकहरु
पेट्रोलमा र डिजेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१