

-
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज राम्रो आम्दानी गर्न थाल्नुभएको छ । उहाँले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गर्नुभएको हो ।
कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उहाँले एक छोरी बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धान्नुभएको छ । उहाँ एक हातको अपाङ्गता भएकी महिला पनि हुनुहुन्छ । वर्षांै पहिले दुर्घटनामा पर्दा उहाँको दाँहिने हात काटिएको छ । एक वर्ष पहिले अपाङ्ग सेवा सङ्घ सिलगढीले रु १० हजारका उन्नत जातका कुखुराका चल्ला र रु १० हजार बराबरको खोर निर्माणका लागि आर्थिक सहयोग गरेपछि आफूले उक्त व्यवसाय शुरु गरेको कुखुरा व्यवसायी उहाँले बताउनुभयो ।
हिजो आज कुखुरा किन्ने उहाँकै फार्ममा पुग्ने गरेका उहाँले जानकारी दिनुभयो । लोकल तथा उन्नत जातका कुखुरा भएका कारण ग्राहक खोज्नुपर्ने समस्या नभएको उहाँले बताउनुभयो । उहाँले लोकल कुखुरा जिउँदो प्रतिकिलो रु ६०० का दरले बिक्री गर्दै आउनुभएको छ । उक्त व्यवसायबाट मासिक रु १५ देखि रु २० हजारको हाराहारीमा आम्दानी हुने गरेको उहाँले बताउनुभयो । कुखुरा व्यवसायको आम्दानीबाट उहाँ अहिले निकै खुशी र सुखी जीवन जिउँदै हुनुहुन्छ ।
उहाँको फार्मले कुखुराका चल्लासमेत उत्पादन गर्दै आएको छ । अपाङ्ग सेवा सङ्घले युएमनको आर्थिक सहयोगमा जिल्लामा रहेका विभिन्न अपाङ्गता भएका व्यक्तिका घर परिवारलाई आयआर्जनका लागि भन्दै सिलाइ मेसिन, कुखुरापालन व्यवसाय, बाख्रापालन व्यवसाय तथा घुम्ती कोषका लागि आर्थिक सहयोग दिँदै आएको अपाङ्ग सेवा सङ्घकी कार्यक्रम संयोजक सीता राइमाझीले बताउनुभयो ।
जिल्लामा अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले यो वर्ष पनि आर्थिक सहयोग दिने तयारी भई प्रस्ताव माग गरिएको कार्यक्रम संयोजक राइमाझीले बताउनुभयो । अपाङ्ग सेवा सङ्घले जीविकोपार्जनका लागि अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्न आर्थिक सहयोग गर्न थालेपछि यहाँका अपाङ्गता भएका व्यक्ति तथा परिवार निकै खुशी भएका छन् । रासस
News Desk 0 response शनिबार, फाल्गुन १०, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



