

-
रामपुर । छाडिएका गाईको संरक्षण गर्न यहाँ निर्माण गरिएको गौशाला सञ्चालनमा आएको छ । रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा रहेको सो गौशालामा करिब ६० गाई राखिएको छ । नगर प्रमुख रमणबहादुर थापाले शुक्रबार शुभारम्भ गर्दै गाईलाई माताका रुपमा पूजाआजा गरिने भएकाले संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको जानकारी दिनुभयो ।
नगरपालिकाले दुई आर्थिकक वर्षमा रु ४० लाख विनियोजन गरेको थियो । गौशाला सम्पन्न नहुँदासम्म गत साउनबाट वडा नं ६ को कार्यालय परिषरमा नै अस्थायी बारबन्देज गरेर दुई जना हेरालु राखेर संरक्षण गरिँदै आइएको थियो । छाडा गाईले कृषकका खेतबारीका अन्नबाली खाएर सताउन थालेपछि गौशाला निर्माण शुरु गरिएको थियो ।
करिब १५ रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम अहिले भएको छ । गौशालामा छाडा गाई लगेर बाँध्न थालेपछि यहाँका कृषक अहिले खुशी भएका छन् । खेतबारीमा लगाइएका अन्नबाली खाएर रातदिन सताएर उत्पादन नै लिनै नसक्ने अवस्था रहेको कृषक गङ्गा बस्यालले बताउनुभयो ।
यसैवीच,गौमाता संरक्षण गर्न रामपुर नगरपालिकाको आयोजनामा यही फागुन १२ गतेदेखि २० गतेसम्म हुने श्रीमद्भागवत नवाह ज्ञान महायज्ञको तयारी तीव्र पारिएको छ । थप गौशाला निर्माण र यहाँ धर्मशाला बनाउनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
महायज्ञ अवधिभर रु पाँच करोड दान सङ्कलन गर्ने लक्ष्य रहेको छ । महायज्ञबाट उठेको रु पाँच करोड रकममध्ये तीन करोड रकम धर्मशाला निर्माणमा खर्च गर्ने र बाँकी रु दुई करोड रकम गौशालाको दिगो विकासका लागि प्रयोग गरिने छ ।
एक अपाङ्गमैत्री र १०० अन्य व्यक्ति अट्ने खालको सुविधा सम्पन्न धर्मशाला बनाउने योजना छ । तातोपानीधाममा निर्माणाधीन अवस्थामा रहेको गौशाला परिसरमा हुने भएको महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेले सङ्गीतमय शैलीमा कथावाचन गर्नुहुनेछ । महायज्ञको प्रचारप्रसारको कामलाई तीव्र रुपमा अगाडि बढाइएको प्रचारप्रसार उपसमितिका संयोजक दुर्गेश मल्लले बताउनुभयो । रासस
News Desk 0 response शनिबार, फाल्गुन १०, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



