

-
रुकुमपूर्व । रुकुम (पूर्व) मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ ।
गत असोज महिना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र स्थापना भएको हो । कार्यालयले मङ्सिरको महिनादेखि काम शुरु गरी लाइनको तार तान्ने, पोल गाड्ने, टान्सफर्मर जडान गर्नेलगायतका कामलाई तीव्र गति दिएको छ । ती काम बोलपत्र आह्वान गरी निर्माण सेवामार्फत भइरहेको केन्द्रले जनाएको छ ।
प्राधिकरणले जिल्लामा रोल्पाको थबाङ हुँदै भूमे गाउँपालिका–६ महत भएर ३३ केभीएको र रुकुमपश्चिम हुँदै सदरमुकाम रुकुमकोट भएर आउने ११ केभीएको राष्ट्रिय प्रसारण लाइन जिल्लाभरि जोड्न लागेको कार्यालय प्रमुख युवराज रावतले जानकारी दिनुभयो ।
अहिले ३३ केभीएको लाइनको लागि शशी निर्माण सेवा कम्पनीद्वारा र ११ केभीएको लाइनको लागि सिस्ने हिमाल सेवा कम्पनीद्वारा काम भइरहेको छ । जिल्लाका मुख्यमुख्य बस्तीमा केन्द्रीय प्रसारण लाइन पु¥याउको लागि खण्डखण्ड विभाजन गरेर बोलपत्र आह्वान गरी निर्माण सेवा कम्पनीमार्फत काम थालिएको छ । प्रदेश कार्यालय हुँदै जिल्ला कार्यालयसम्म विद्युतीय सामान ढुवानीको लागि शशी निर्माण सेवाले जिम्मा लिएको छ ।
अहिले सिस्ने गाउँपालिका–६ खोपीचारदेखि रानीकोट खण्डमा निर्मल निर्माण सेवा कम्पनी, सिस्ने–५ रुमालबारा हुँदै लेखसम्मको खण्डमा सुवर्ण निर्माण सेवा एण्ड सप्लायर्सले काम गरिरहेका छन् ।
यसैगरी भूमे ४ साकिमदेखि पुथाउत्तरगङ्गा गाउँपालिकाको वडा नम्बर १४ को नाखाखण्डमा राप्ती निर्माण सेवा तथा भूमे–४ र सिस्ने–५ धौला पहिरादेखि चोताबारी, झुम्कामारे खण्ड गरी यी चारखण्डमा बोलपत्र आह्वानमार्फत केही दिनपछि काम शुरु गरिने भएको छ ।
यसैगरी सातखण्डको लागि माघ २९ गते देखि १५ दिनको समय दिइएर शिलबन्दी बोलपत्र आह्वान गरिएको छ । कार्यालयका अनुसार यही महिनाको अन्तिमसम्ममा रुकुमकोट बजारमा केन्द्रीय लाइन उपभोग हुने गरी काम भइरहेको प्रमुख रावतले जानकारी दिनुभयो ।
जिल्लाको विद्युत्लाई दिगो र भरपर्दाे बनाउनका लागि जिल्लामै सदरमुकाम रुकुमकोट र भुमे गाउँपालिकाको काक्रिमा विद्युत् सवस्टेशन बनाउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । जिल्लामा दुई ठाउँमा सवस्टेशन निर्माण भएमा बेलाबेलामा विद्युत् गइरहने समस्याको समाधान हुनेछ । स्थानीयस्तरमै उत्पादित लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि केन्द्रीय लाइनमा जोड्न सजिलो हुने विश्वास लिइएको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन ९, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३



