-
हनाउ, जर्मनी । जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई बिहीबार बिहान प्रहरीले उनकै घरमा मृत अवस्थामा फेला पारेको छ ।
फ्रान्कफर्टबाट करिब २० किलोमिटरको दूरीमा रहेको हनाउ शहरका “मिडनाइड” र “एरेना” नाम गरेका दुई वटा बारमा गोली प्रहार गरिएको थियो । उक्त गोलीकाण्डको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुग्नुका साथै आकाशबाट हेलिकप्टर मार्फत शंकास्पद व्यक्तिको खोजी गरिएको थियो ।
हेस राज्यका प्रहरी प्रमुखले शंकास्पद व्यक्तिको शव उनको घरबाट बरामद गरिएको जानकारी दिनुभयो । उहाँले घटनामा अरु व्यक्ति संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । पहिलो बारमा मारिएका अधिकांश व्यक्ति कुर्दिस समुदायका रहेको स्थानीय अखबार बिल्डले जनाएको छ ।
गत सोमबार मात्र प्रहरीले जर्मनीको अति दक्षिणपन्थी समूहका १२ जना सदस्यलाई पक्राउ गरेको थियो । उनीहरुले गत वर्ष न्यूजील्यान्डमा भएझै मुस्लिम समुदायको मस्जिदमा ठूलै आक्रमण गर्ने योजना बनाइरहेको प्रहरीको भनाई छ ।
जर्मन–टर्किस इस्लामिक संगठन (डिटिब) ले जर्मनीमा रहेका करिब ९०० मस्जिद र मुस्लिम समुदायको सुरक्षाका लागि आह्वान गरेको छ । डिटिबले पछिल्ला वर्षहरुमा मुस्लिम समुदायले जर्मनीमा असुरक्षा महशुस गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । रासस/एएफपी
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०७६
सम्बन्धित शीर्षकहरु
गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदै
आइतवार, माघ ६, २०८१पहिलो चरणअन्तर्गत इजरायलले ७ सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने
शनिबार, माघ ५, २०८१भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
शनिबार, माघ ५, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१