

-
रत्ननगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले चालू आर्थिक वर्षका लागि रु एक करोड ७१ लाख बराबरका तरकारीका कार्यक्रम सञ्चालन गर्ने भएको छ । साना सिँचाइ, मेसिनरी औजार उपकरण वितरण, हाइटेक नर्सरी, कष्टम हाइरिङ तथा तरकारीको बाली सुधारका कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार चालू आर्थिक वर्षमा साना सिँचाइ र मेसिनरी औजार उपकरण वितरणका लागि निवेदन मागिएको छ । साना सिँचाइ कार्यक्रमअन्तर्गत ६० र मेसिनरी औजार उपकरणतर्फ रु ५२ लाखका कृषि औजार वितरण गर्न लागिएको छ । पचास प्रतिशत अनुदानमा कृषि समूह, कृषिफार्म, सहकारी र उद्यमीलाई कृषि औजार वितरण गरिने छ ।
कार्यालयले साना मेसिनरी औजार र कस्टम हायरिङ सेन्टर स्थापनालाई आवेदन खुलाएकामा ४७ कृषि समूह तथा सहकारीले निवेदन दिएका छन् । तरकारी जोनका प्रमुख पुष्पराज खनालका अनुसार साना मेसिनरी औजारतर्फ कृषि समूह सात, सहकारी १० र कृषिफार्मतर्फ १० वटाले निवेदन दिएका छन् । हायरिङ सेन्टर स्थापना गर्न २० समूहको निवेदन परेको छ । चालू आर्थिक वर्षमा किसानले पावरस्प्रे, इलेक्ट्रिक स्पियर, पावर टेलर, मिनी टेलर, रोटा भेटरलगायतका मेसिनरी औजार माग गरेको उहाँले जानकारी दिनुभयो ।
कृषि समूहतर्फ पावरस्प्रे २६, इलेक्ट्रिक स्पियर ५२, पावर टेलर पाँच, मिनी टेलर दुई, ड्याङ बनाउने मेसिन एक र रिपर एक थान माग भएको छ । विभिन्न सहकारीले पावर स्प्रे छ, इलेक्ट्रिक स्पियर २१ थान, मिनी टेलर एक, पावर टेलर दुई, ड्याङ बनाउने मेसिन एक र टिपर एक थान मागेका छन् । कृषिफार्मतर्फ मिनिटेलर छ, रोटा भेटर छ, बीउ रोप्ने मेसिन तीन, कल्ट्री तीन थानका लागि निवेदन पेश भएको छ ।
भरतपुर महानगरपालिकाका १, २, ३, १० र २९ बाहेकका वडामा तरकारी जोनका कार्यक्रम सञ्चालनमा छन् । जोनमा ३८ फार्म, १५ सहकारी, १८ कृषि समूह सूचीकृत भइसकेका छन् । सूचीकृत सहकारी, समूह तथा कृषि फार्मले तरकारी जोनका कार्यक्रममा सहभागी हुन पाउँछन् । चितवनमा २०७३÷७४ देखि तरकारी जोनका कार्यक्रम शुरु भएका हुन् । गत वर्ष कार्यालयले कष्टम हायरिङतर्फ तीन उपकरण, ३२ साना सिँचाइका बोरिङ, इलेक्ट्रिक स्पेयर ८१ थान, मिनी टिलर १२, झार गोड्ने ड्याङ बनाउने मेसिन दुई, ठूलो ट्र्याक्टर तीन, पावर स्पेयर नौ, गाँजर धुने प्लाण्ट २४ थान वितरण गरिएको थियो । गत आर्थिक वर्षका लागि तरकारी जोनमा रु एक करोड ४० लाख बराबरका कार्यक्रम सञ्चालन भएका थिए ।
तरकारी जोन सञ्चानलपछि चितवनमा तरकारी खेती गर्ने किसान बढेको कार्यालयले बताएको छ । भरतपुर महानगरपालिकामा मात्रै ६६२ हेक्टरमा तरकारी खेती हुने गरेको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३



