

-
बैतडी । जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् राष्ट्रिय प्रसारण लाइन पुर्याउने काम शुरुआत गरिएको छ । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमो राष्ट्रिय प्रसारण पुर्याउन काम शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम शुरु भइसकेको कार्यालयका प्रमुख सतिशकुमार कर्णले बताउनुभयो ।
ती स्थानमा सवस्टेशन निर्माण गर्न आरके इन्टरनेशनल प्रालिसँग गत जेठ ७ गते एकवर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सहित ठेक्का सम्झौता भइ काम शुरु भएको छ । पाटनमा सवस्टेशनका लागि साढे ११ करोड र मेलौलीका लागि साढे १२ करोडमा ठेक्का सम्झौता भएको जनाइएको छ ।
यस्तै पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि एक वर्षभित्र सक्ने गरेर अमृत इन्द्रधनु जेभीसँग रु दुई करोड १४ लाखमा ठेक्का सम्झौता भएको प्रमुुख कर्णले जानकारी दिनुभयो । सो सम्झौताअनुसार पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम पनि शुरु भइसकेको छ । जिल्लाको तल्लोस्वराड क्षेत्रलाई विद्युत्को राष्ट्रिय प्रसारणमा पहुँच पुर्याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम शुरु भएको हो ।
यस्तै नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले पनि मेलौलीको सलेनासम्म यो वर्ष विद्युत् बाल्ने हिसाबले काम गरिरहेको विद्युत् प्राधिकरणका सुपरभाइजर माधवप्रसाद लेखकले जानकारी दिनुभयो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



