

-
सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो ।
सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनु भएका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो । उहाँमाथि त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो । तर अदालतमा अपिल गरेपछि उहाँलाई तारेखमा छाडिएको थियो ।
सियोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाईका क्रममा अदालतले विगतको भन्दा बढी सजाय सुनाएको हो । आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै प्रायःश्चित नगरेको र जिम्मेवारीबोध समेत नगरेको अदालतको ठहर छ ।
आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिनुभएको थियो । अर्का पूर्व राष्ट्रपति पार्क गिउन–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय दिइएको छ । रासस/एएफपी
News Desk 0 response बुधबार, फाल्गुन ७, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२