

-
परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ श्रीनगरस्थित पिडुराखोलामा सिँचाइ सुविधाका लागि पक्की बाँध निर्माण गरिएको छ । तराई–मधेश समृद्धि कार्यक्रम र सरावल गाउँपालिकाको संयुक्त लगानीमा सिँचाइका लागि बाँध निर्माण भएपछि वर्षाैँदेखि सिँचाइको समस्या भोग्दै आएका स्थानीय कृषकमा खुशीयाली छाएको छ ।
सरावल गाउँपालिकाको पिपरा, महुवा, कोठिलवा, श्रीनगर, गोइनी, सरावल तथा रामग्राम नगरपालिकाको देवगाव, फूलबारीलगायत गाउँका सयौँ कृषक लाभावन्ति हुने गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सिँचाइका लागि धेरै समस्या थियो, सिँचाइ सुविधा कठिनाइ हुँदा कृषि उत्पादन निकै कम छ, कच्ची बाँध बनाउँदा पानीले बगाएर समस्या आउने गथ्र्याे, अब पक्की बाँध नै निमार्ण भएको छ, यसै महिनामा निर्माणकार्य पूर्ण सम्पन्न भएपछि सिँचाइका लागि सहज हुनेछ”, सो कार्यक्रमबाट रु २५ लाख, गाउँपालिकाबाट रु २० लाख र जनश्रमदान चार लाख ९४ हजार १५४ गरी रु ४९ लाख ९४ हजार १५४ को लागतमा बाँध निर्माण गरिएको होे ।
यसअघि स्थानीय कृषकले खोलामा माटोको कच्ची बाँध निर्माण गर्दै सिँचाइको प्रयास गरे पनि पटक–पटक भत्किने समस्याले कृषकलाई असुविधा भइरहेको थियो । सिँचाइ पर्याप्त नहुँदा कृषि उब्जनीको उत्पादन कम रहेको थियो । “पानीको समस्याका कारण कृषकले समयमा खेती गर्न पाएका छैनन्, चापाकल, बोरिङको पानी पनि सुक्ने समस्या छ, आकाशे पानीमा भर पर्नुपर्ने अवस्था छ”, अध्यक्ष चौधरीले भन्नुभयो । बाँध निर्माण भएपछि पानी रिचार्ज हुने, उत्पादन वृद्धि हुने तथा माछापालनसमेत गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
सिँचाइको दिगो व्यवस्थापन हुने भन्दै कृषकमा उत्साह थपिएको उपभोक्ता समितिका अध्यक्ष दीपकप्रसाद चौधरीले जानकारी दिनुभयो । बाँध निर्माण भएपछि अब बाह्रै महिना सिँचाइ सुविधा पुग्ने र व्यवस्थित खेती गर्न सहज हुने छ । “सिँचाइको सुविधाले बाँझो र सुक्खा अवस्थामा रहेका जमिनमा तरकारी, अन्नबाली प्रशस्त उब्जाउ गर्न सहज हुन्छ, अब कृषि उपजको उत्पादन पनि बढ्नेछ, यसले गर्दा यहाँका कृषकमा उत्साह थपिएको छ”, उहाँले भन्नुभयो ।
बाँध निर्माण भएपछि अब खेती गर्न सहज हुनुका साथै उत्पादन वृद्धि हुने स्थानीय कृषक हरिलाल यादवले बताउनुभयो । सरावल गाउँपालिका कृषिकको उर्वर क्षेत्र हो । गाउँपालिकाले कृषिलाई उच्च प्राथमिकतामा राखी बजेट तथा कार्यक्रम तर्जुमा गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । रासस
News Desk 0 response बुधबार, फाल्गुन ७, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



