-
परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ श्रीनगरस्थित पिडुराखोलामा सिँचाइ सुविधाका लागि पक्की बाँध निर्माण गरिएको छ । तराई–मधेश समृद्धि कार्यक्रम र सरावल गाउँपालिकाको संयुक्त लगानीमा सिँचाइका लागि बाँध निर्माण भएपछि वर्षाैँदेखि सिँचाइको समस्या भोग्दै आएका स्थानीय कृषकमा खुशीयाली छाएको छ ।
सरावल गाउँपालिकाको पिपरा, महुवा, कोठिलवा, श्रीनगर, गोइनी, सरावल तथा रामग्राम नगरपालिकाको देवगाव, फूलबारीलगायत गाउँका सयौँ कृषक लाभावन्ति हुने गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सिँचाइका लागि धेरै समस्या थियो, सिँचाइ सुविधा कठिनाइ हुँदा कृषि उत्पादन निकै कम छ, कच्ची बाँध बनाउँदा पानीले बगाएर समस्या आउने गथ्र्याे, अब पक्की बाँध नै निमार्ण भएको छ, यसै महिनामा निर्माणकार्य पूर्ण सम्पन्न भएपछि सिँचाइका लागि सहज हुनेछ”, सो कार्यक्रमबाट रु २५ लाख, गाउँपालिकाबाट रु २० लाख र जनश्रमदान चार लाख ९४ हजार १५४ गरी रु ४९ लाख ९४ हजार १५४ को लागतमा बाँध निर्माण गरिएको होे ।
यसअघि स्थानीय कृषकले खोलामा माटोको कच्ची बाँध निर्माण गर्दै सिँचाइको प्रयास गरे पनि पटक–पटक भत्किने समस्याले कृषकलाई असुविधा भइरहेको थियो । सिँचाइ पर्याप्त नहुँदा कृषि उब्जनीको उत्पादन कम रहेको थियो । “पानीको समस्याका कारण कृषकले समयमा खेती गर्न पाएका छैनन्, चापाकल, बोरिङको पानी पनि सुक्ने समस्या छ, आकाशे पानीमा भर पर्नुपर्ने अवस्था छ”, अध्यक्ष चौधरीले भन्नुभयो । बाँध निर्माण भएपछि पानी रिचार्ज हुने, उत्पादन वृद्धि हुने तथा माछापालनसमेत गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
सिँचाइको दिगो व्यवस्थापन हुने भन्दै कृषकमा उत्साह थपिएको उपभोक्ता समितिका अध्यक्ष दीपकप्रसाद चौधरीले जानकारी दिनुभयो । बाँध निर्माण भएपछि अब बाह्रै महिना सिँचाइ सुविधा पुग्ने र व्यवस्थित खेती गर्न सहज हुने छ । “सिँचाइको सुविधाले बाँझो र सुक्खा अवस्थामा रहेका जमिनमा तरकारी, अन्नबाली प्रशस्त उब्जाउ गर्न सहज हुन्छ, अब कृषि उपजको उत्पादन पनि बढ्नेछ, यसले गर्दा यहाँका कृषकमा उत्साह थपिएको छ”, उहाँले भन्नुभयो ।
बाँध निर्माण भएपछि अब खेती गर्न सहज हुनुका साथै उत्पादन वृद्धि हुने स्थानीय कृषक हरिलाल यादवले बताउनुभयो । सरावल गाउँपालिका कृषिकको उर्वर क्षेत्र हो । गाउँपालिकाले कृषिलाई उच्च प्राथमिकतामा राखी बजेट तथा कार्यक्रम तर्जुमा गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । रासस
News Desk 0 response बुधबार, फाल्गुन ७, २०७६
सम्बन्धित शीर्षकहरु
पेट्रोलमा र डिजेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१