

-
काठमाडौँ । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ ।
वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो । उक्त जहाजबाट कोरोना भाइरस फैलिएको वुहानबाट यही फागुन ४ गते बिहान नेपालीलाई स्वदेश ल्याइएको थियो । जहाजको क्वारेन्टाइनको अवधि आज बिहान सकिएपछि दिउँसो सरसफाइ गरेर उडानयोग्य बनाइनेछ ।
चीनबाट नेपाली ल्याएको वाइड बडी जहाजले आजदेखि नियमित उडान शुरु गर्ने तयारी गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । “जहाजको सबै प्रक्रिया पूरा गरेर आज रातिदेखि नियमित उडानमा राखेका छौँ, जहाजको आवश्यक सरसफाइलगायत सबै मापदण्ड पूरा गरेपछि पुनः उडान शुरु गरिनेछ”, उहाँले भन्नुभयो ।
निगमको निर्धारित तालिकाअनुरुप वाइड बडी जहाजले आज राति १०ः३० बजे दोहाका लागि उडान भर्नेछ । जहाजलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरिन नियमित उडानमा ल्याउन लागिएको निगमले जनाएको छ । जहाजलाई विमानस्थलको उत्तरपूर्वतर्फको ‘रिमोर्ट पार्किङ वे’ मा राखिएको छ ।वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इन्जिनीयर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ जना सहितको टोली शनिबार चीनको वुहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर जहाज आइतबार बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
वुहानबाट फर्किएका सबैलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ भने जहाजका विमानचालक (पाइलट) सहित सबै सदस्यलाई पनि क्वारेन्टाइनका लागि नगरकोटमा राखिएको छ । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन ६, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



