

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै बढेको छ । सोमबार उच्च अङ्कले बढेको बजार आज केही सुस्ताएर झिनो अङ्कले मात्रै वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुगेको छ । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो ।
यस्तै सेन्सेटिभ परिसूचक १.०९ ले वृद्धि भई २९४.९५ मा पुगेको छ । नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार रकम भने रु दुई अर्ब माथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर रु दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भयो ।
नेप्सेमा अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ७.५३, व्यापार २.९५, विकास बैंक १४.५५, उत्पादन ३०.७५ र सामूहिक लगानी कोष ०.२ विन्दुले बढेको छ । यस्तै होटल ३३.२६, जलविद्युत् १७.६२, वित्त ५.८५, निर्जीवन बीमा ११.१५, अन्य २.३५, लघुवित्त १३.१ र जीवन बीमा ४५.९३ ले घटेको छ ।
कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १० करोड ६५ लाख १५ हजार ६६२ बराबरको कारोवार भयो । यस्तै एनएमबी बैंक रु नौ करोड ५९ लाख १६ हजार ७३, हिमालयन डिस्टिलरी रु नौ करोड १४ लाख ९३ हजार ७६२, शिवम् सिमेन्ट रु सात करोड ५६ लाख ६९ हजार ४९१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ९५ लाख ८६ हजार ६२८, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु छ करोड ६१ लाख ७१ हजार ५७३ बराबरको कारोवार गरी शीर्ष स्थानमा रहे ।
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८७, घलेम्दी हाइड्रो ९.५२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७.१७, माउन्टेन हाइड्रो ४.३०, राष्ट्रिय बीमा कम्पनी ४.२४ र बोटलर्स नेपाल तराईका शेयरधनीले ४.१८ प्रतिशतले कमाए । लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६८, पाँचथर पावर कम्पनी ४.५१, सेन्ट्रल फाइनान्स ३.८४, गुह्येश्वरी मर्चेन्ट बैंक ३.६७ र नेपाल फाइनान्सका शेयरधनीले ३.६४ प्रतिशतले गुमाए । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन ६, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



